लिभरपुललाई ३-२ गोल अन्तरले हराउँदै आर्सनल शीर्ष स्थानमा उक्लियो
वि.सं.२०७९ असोज २४ सोमवार ०८:३१
3.4K
shares
एजेन्सीः इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले लिभरपुललाई ३-२ गोल अन्तरले हराएको छ ।
आर्सनललाई जित दिलाउन बुकायो साकाले दुई गोल गरे । गाब्रियल मार्टिनेलीले एक गोल थपे । लिभरपुलका डार्विन नुनेज र रोबर्टो फिर्मिन्होले एक एक गोल गरे ।
खेलको पहिलो मिनेटमै मार्टिनेलीले गोल गर्दै आर्सनललाई सुरुआती अग्रता दिलाएका थिए । ३४ औं मिनेटमा नुनेजले गोल गर्दै लिभरपुललाई १-१ गोलको बराबरीमा ल्याए ।
पहिलो हाफको इन्जुरी समयमा साकाले गोल गर्दै आर्सनलको अग्रता २-१ को बनाए । खेलको ५३ औं मिनेटमा लिभरपुलका फिर्मिन्होले गोल गर्दै खेल २-२ गोलको बराबरीमा ल्याए ।
त्यसपछि खेलको ७६ औं मिनेटमा साकाले पेनाल्टीबाट व्यक्तिगत दोस्रो गोल गर्दै आर्सनललाई ३-२ को जित दिलाए ।
यस जितसँगै आर्सनल शीर्ष स्थानमा उक्लिएको छ । आर्सनलले ९ खेलमा २४ अंक जोडेको छ । लिभरपुल १० अंक जोडेर १० औं स्थानमा रहेको छ ।
वि.सं.२०७९ असोज २४ सोमवार ०८:३१




















