YouTube Link

आईसीसी एकदिवसीय विश्वकप क्रिकेटबाट पाकिस्तान बाहिरियो

Facebook Link

एजेन्सी: एकदिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानले बंगलादेशलाई पराजित गरेको छ । शुक्रबार भएको लिग चरणको अन्तिम खेलमा पाकिस्तान बंगलादेशलाई ९४ रनले पराजित गरेको हो । लिग चरणको अन्तिम खेलमा जित निकालेपनि पाकिस्तान विश्वकपको सेमिफाइनलमा पुग्न असफल भएको छ ।

बंगलादेश यस अघि नै विश्वकपबाट बाहिरिसकेको छ । पाकिस्तानलाई सेमिफाइनल पुग्न बंगालदेशमाथि ३ सय ८ रनको जित आवश्यक थियो । तर, पाकिस्तानले झिनो अन्तरले जित निकालेसँगै न्युजिल्याण्डले अन्तिम चारमा स्थान पक्का गरेको छ । योसंगै प्रतियोगिताको सेमिफाइनल पुग्ने टिमको टुङ्गो लागेको छ । साविक विजेता अष्ट्रेलिया सहित भारत, ईङल्याण्ड र न्युजिल्याण्डले सेमिफाइनलमा स्थान बनाएका छन् ।

लर्ड्समा पाकिस्तानले दिएको ३ सय १६ रनको फराकिलो लक्ष्य पछ्याएको बंगलादेश ४४ ओभर १ बलमा अलआउट हुँदै २ सय २१ रनमा समेटियो । बंगलादेशका लागि शकिब अल हसनले ६४ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । बंगलादेशलाई सस्तैमा समेट्न पाकिस्तानका साहिन साह अफ्रिदीले ६ विकेट लिए । यस्तै शहदब खानले २ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३ सय १५ रन बनाएको थियो । पाकिस्तानका इमाम उल हकले शतकीय इनिङ्स खेले । एक सय बल खेलेका उनले ७ चौकाको मद्दतले एक सय रन बनाए । यस्तै बाबर आजमले ९६, इमाद वासिमले ४३, मोहमद हाफिज २७ तथा फखर जमानले १३ रन बनाए । बंगलादेशका मुस्ताफिजुर रहमानले ५ विकेट लिए । यस्तै मोहमद सैफुदीनले ३ विकेट लिए । जितसंगै पाकिस्तान लिग चरणमा पाँचौ स्थानमा रह्यो ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...