YouTube Link

भारतबाट आयात हुने तरकारी तथा फलफूलको विषादी परीक्षणमा कडाई गर्ने नीतिबाट सरकार पछि हट्यो

Facebook Link

काठमाडौं: भारतबाट आयात हुने तरकारी, फलफूल लगायतका कृषिजन्य वस्तुहरुको सीमानाकामै विषादी परीक्षण गर्ने निर्णय सरकारले फिर्ता लिएको छ । यही असार २ गते राजपत्रमा विषादी परीक्षण गर्नेसम्बन्धी नीति प्रकाशित भएपछि लागू भएकामा सरकार दुई साता नहुँदै फिर्ता लिएको हो ।

केही दिनयता विषादी परीक्षण नभइ नेपाल प्रवेश गर्न नदिइँदा नेपाल-भारत सीमानामा सयौं मालवाहक ट्रकहरु अड्किएको थियो । काठमाडौंस्थित भारतीय दूतावासले विषादी परीक्षणको व्यवस्थित प्रणाली स्थापना नगरी मालवाहक ट्रकहरु रोक्दा किसान र सर्वसाधारणलाई मर्का परेको भन्दै नेपाल सरकारलाई उक्त निर्णय पुन विचार गर्न पत्र लेखेको थियो । त्यसपछि गएको बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सीमानमा विषादी परीक्षण गरेपछि मात्रै कृषिजन्य वस्तुलाई नेपाल प्रवेश गराउने निर्णय ६ महिनाका लागि स्थगित गर्ने निर्णय गरेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय स्रोतले जनाएको छ ।

विषादी परीक्षणका लागि आवश्यक तयारी समेत नपुगेकाले सो निर्णय स्थगित गर्नुपरेको मन्त्रालयले जनाएको छ । नेपाल-भारत सीमानाकामा विषादी परीक्षण र ‘क्वारेन्टाइन’का लागि पूर्वाधार निमार्णपछि मात्रै निकासी-पैठारी नीतिको पूर्ण कार्यान्वयन गर्ने बताइएको छ । सरकारले दुई साता अघि मात्रै भन्सार विन्दुमा क्वारेन्टाइन र जीवनाशक विषादीको अवशेष अनिवार्य परीक्षण गर्ने नीति लिएको थियो । त्यस्तै सरकारले मानव स्वास्थ्यलाई हानि पुर्‍याउने क्याफिनयुक्त शक्तिवद्र्धक पेय पदार्थ इनर्जी ड्रिंक्स र फ्लेवर सिन्थेटिक ड्रिंक्स जुस आयातमा लगाइएको प्रतिबन्ध पनि फुकुवा गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्ले आगामी ६ महिनासम्म लागू हुने गरी आयातमा लगाएको प्रतिबन्ध हटाएको हो । तर उपभोक्तावादीहरुले भने सरकारले फिर्ता लिने गरेको निर्णय नेपाली किसान र उपभोक्ताको अहितमा भएकाले तत्कालै सच्याउनुपर्ने माग गर्दै बिरोध जनाएका छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...