Health Ad
YouTube Link

भारतबाट आयात हुने तरकारी तथा फलफूलको विषादी परीक्षणमा कडाई गर्ने नीतिबाट सरकार पछि हट्यो

Khanepani Dhal
Facebook Link

काठमाडौं: भारतबाट आयात हुने तरकारी, फलफूल लगायतका कृषिजन्य वस्तुहरुको सीमानाकामै विषादी परीक्षण गर्ने निर्णय सरकारले फिर्ता लिएको छ । यही असार २ गते राजपत्रमा विषादी परीक्षण गर्नेसम्बन्धी नीति प्रकाशित भएपछि लागू भएकामा सरकार दुई साता नहुँदै फिर्ता लिएको हो ।

केही दिनयता विषादी परीक्षण नभइ नेपाल प्रवेश गर्न नदिइँदा नेपाल-भारत सीमानामा सयौं मालवाहक ट्रकहरु अड्किएको थियो । काठमाडौंस्थित भारतीय दूतावासले विषादी परीक्षणको व्यवस्थित प्रणाली स्थापना नगरी मालवाहक ट्रकहरु रोक्दा किसान र सर्वसाधारणलाई मर्का परेको भन्दै नेपाल सरकारलाई उक्त निर्णय पुन विचार गर्न पत्र लेखेको थियो । त्यसपछि गएको बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सीमानमा विषादी परीक्षण गरेपछि मात्रै कृषिजन्य वस्तुलाई नेपाल प्रवेश गराउने निर्णय ६ महिनाका लागि स्थगित गर्ने निर्णय गरेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय स्रोतले जनाएको छ ।

विषादी परीक्षणका लागि आवश्यक तयारी समेत नपुगेकाले सो निर्णय स्थगित गर्नुपरेको मन्त्रालयले जनाएको छ । नेपाल-भारत सीमानाकामा विषादी परीक्षण र ‘क्वारेन्टाइन’का लागि पूर्वाधार निमार्णपछि मात्रै निकासी-पैठारी नीतिको पूर्ण कार्यान्वयन गर्ने बताइएको छ । सरकारले दुई साता अघि मात्रै भन्सार विन्दुमा क्वारेन्टाइन र जीवनाशक विषादीको अवशेष अनिवार्य परीक्षण गर्ने नीति लिएको थियो । त्यस्तै सरकारले मानव स्वास्थ्यलाई हानि पुर्‍याउने क्याफिनयुक्त शक्तिवद्र्धक पेय पदार्थ इनर्जी ड्रिंक्स र फ्लेवर सिन्थेटिक ड्रिंक्स जुस आयातमा लगाइएको प्रतिबन्ध पनि फुकुवा गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्ले आगामी ६ महिनासम्म लागू हुने गरी आयातमा लगाएको प्रतिबन्ध हटाएको हो । तर उपभोक्तावादीहरुले भने सरकारले फिर्ता लिने गरेको निर्णय नेपाली किसान र उपभोक्ताको अहितमा भएकाले तत्कालै सच्याउनुपर्ने माग गर्दै बिरोध जनाएका छन् ।

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
आज नेप्से परिसूचक ५४ दशमलव ६२ अङ्कले गिरावट

आज नेप्से परिसूचक ५४ दशमलव ६२ अङ्कले गिरावट

वि.सं.२०८१ चैत १० आइतवार १७:२९

काठमाडौं: निरन्तर ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक यो...

३६ वर्षपछि सिंगापुरमाथि नेपालको ऐतिहासिक जित, उसैको मैदानमा जिलेस्पी जंग कार्की बने नायक

३६ वर्षपछि सिंगापुरमाथि नेपालको ऐतिहासिक जित, उसैको मैदानमा जिलेस्पी जंग कार्की बने नायक

वि.सं.२०८१ चैत ९ शनिवार ०६:५८

काठमाडौं: नेपालले सिंगापुरलाई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पराजित गरेको छ ।...

हेर्नुहोस् आज २०८१ चैत ९ गते शनिबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ चैत ९ गते शनिबार तपाईको राशिफल

वि.सं.२०८१ चैत ९ शनिवार ०६:२३

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...

विभिन्न क्षेत्रका व्यक्तिहरुले पाए प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार

विभिन्न क्षेत्रका व्यक्तिहरुले पाए प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार

वि.सं.२०८१ चैत ८ शुक्रवार १५:३३

काठमाडौं: प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कारबाट विभिन्न क्षेत्रका व्यक्तिहरु पुरस्कृत भएका...

मैले बोल्ने समय नजिक आउँदैछ, जब म बोल्ने समय आउँछ त्यसपछि धेरैको बोली बन्द हुन्छ: रास्वपा सभापति रवि लामिछाने

मैले बोल्ने समय नजिक आउँदैछ, जब म बोल्ने समय आउँछ त्यसपछि धेरैको बोली बन्द हुन्छ: रास्वपा सभापति रवि लामिछाने

वि.सं.२०८१ चैत ८ शुक्रवार १५:१५

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले क्रान्तिका लागि तयार...

हेर्नुहोस् आज २०८१ चैत ८ गते शुक्रबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ चैत ८ गते शुक्रबार तपाईको राशिफल

वि.सं.२०८१ चैत ८ शुक्रवार ०६:४८

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...