YouTube Link

सन्दीप लामिछाने असोज २० गते नेपाल आउँदै

Facebook Link

 

काठमाडौं: नाबालिग बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने असोज २० गते नेपाल आउने भएका छन् ।

 

उनले शनिबार सामाजिक सञ्जाल फेसबुकमा एक सन्देश लेख्दै आफू अक्टोबर ६ (असोज २०) गते नेपाल आउन लागेको जानकारी दिएका छन् ।

 

लामिछानेले, उनकै शब्दमा, नेपाल आएर आफूविरुद्धको ‘झुठो आरोप’ को प्रतिवाद गर्ने बताएका छन् । उनले नेपालको न्याय प्रणालीमा विश्वास रहेको र आफू निर्दोष रहेको दावी गरेका छन् ।

 

आफूले कुनै गल्ती नगरेको सन्दीपको भनाइ छ । आफूमाथि लगाइएका ‘गलत आरोप’ का विषयमा समयक्रमसँगै रहस्य खुल्दै जानेमा विश्वस्त रहेको उनले बताए ।

 

एक १७ वर्षीया बालिकालाइ बलात्कारको आरोप लागेसँगै सम्पर्कविहीन भएका लामिछानेविरुद्ध असोज १० गते ‘डिफ्यूजन नोटिस’ जारी भएको थियो ।

 

लामिछानेविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलले डिफ्यूजन नोटिस जारी गरेसँगै इन्टरपोल अन्तर्गतका देशहरूले आफ्नो देशमा खोजी थालेका थिए । इन्टरपोलमा १९५ देश आबद्ध छन् ।

 

लामिछानेले गत आइतबार साँझ मात्रै सामाजिक सञ्जालमार्फत् आफू अस्वस्थ भएका कारण आइसोलेसनमा रहेको बताएका थिए ।

 

उनले पछिल्लो घटनाक्रमले आफू शारीरिक र मानसिक रुपमा विक्षिप्त भएकाले उपचाररत रहेको र केही समयमै नेपाल फर्किएर बलात्कारविरुद्धको मुद्दाको प्रतिवाद गर्ने जानकारी दिएका थिए ।

 

आफूलाई सन्दीपले काठमाडौंको एक होटलमा लगेर बलात्कार गरेको भन्दै १७ वर्षीया किशोरीले सन्दीपविरुद्ध प्रहरीमा जाहेरी दिएकी थिइन् ।

https://www.facebook.com/SandeepLamichhaneOfficial/posts/652737486222191?__xts__[0]=68.ARCN3aomjyFD-ZZJ4n8Fj9BZFtuylBxFNRImcx46cvMRUpOuQYmAKnKmfRrl4uSapcRnnZDQttjLY6ygIV0I8-zLwKC4xzn2-Xn82Hu9_FU962Zga6wE9Ndff7u1rWZVy8tGaq5ZSddqxJ2rmr247yzybecPZFG8l6tLwYo7iWyUm8q-r3ZhN96ltLe7sjO98QJTvZaubpN82Pnt5q2juiV0bwdUDpP-EhMkHhQYe5jVVrJpvljb0t4thpN5JcJkD1pjr79DFt8fSdYSlrJyI6NWodfvsxGPx2TMGGqw2AX8RFM

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...