YouTube Link

भारत इंग्ल्याण्डमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश

Khanepani Dhal
Facebook Link

एजेन्सी: भारत इंग्ल्याण्डमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको खेलमा बंगलादेशलाई २८ रनले पराजित गर्दै भारत सेमिफाइनलमा पुगेको हो । भारतसँगको हारसंगै बंगलादेश भने प्रतियोगिताबाट बाहिरिएको छ । बर्मिङघममा भारतले दिएको ३ सय १५ रनको लक्ष्य पछ्याएको बंगलादेशल ४८ ओभरमा अलआउट हुँदै २ सय ८६ रनमा समेटियो ।

बंगलादेशका लागि शकिब अल हसनले ६६ तथा मोहमद साइफुदिनले अविजित ५१ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । भारतविरुद्ध खेलसंगै शकिबले एकै विश्वकपमा ५ सय बढी रन र १० बढी विकेट लिने पहिलो खेलाडीको कीर्तिमान बनाएका छन् । यस्तै बंगलादेशका सब्बीर रहमानले ३६, सौम्य सरकारले ३३ तथा मुस्फिकर रहिमले २४ रन बनाए । भारतका जस्प्रित बुम्राहले ४ तथा हार्दिक पाण्डयाले ३ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३ सय १४ रन बनाएको थियो । भारतका रोहित शर्माले शतकीय इनिङस खेले । उनले ९२ बल खेल्दै ५ छक्का र ७ चौकाको मद्दतले सर्वाधिक १०४ रन बनाए । योसंगै रोहित कम खेलमा सर्वाधिक चाँडो ५ शतक बनाउने खेलाडी बने । उनले विश्वकपको १५ इनिङ्समा ५ शतक बनाएका हुन् । यस्तै ओपनर लोकेस राहुलले ७७ रनको अर्धशतकीय ईनिङ्स खेल्दा ऋषभ पन्तले ४८, महेन्द्र सिंह धोनीले ३५ तथा कप्तान बिराट कोहलीले २६ रनको योगदान गरे । बंगलादेशका मुस्ताफिजुर रहमानले ५ विकेट हात पारे । यस्तै शकिब अल हसन, रुबेल हुसेन र सौम्या सरकारले समान १/१ विकेट हात पारे । जितसंगै भारतले ८ खेलबाट १३ अंक जोडेको छ । र, भारत तालिकाको दोस्रो स्थानमा छ । बंगलादेशले ८ खेलबाट ७ अंक जोडेको छ ।

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
समुह चरणको अन्तिम खेलमा नेपाल र भारत भिड्दै

समुह चरणको अन्तिम खेलमा नेपाल र भारत भिड्दै

वि.सं.२०८२ वैशाख ३० मंगलवार १३:४८

काठमाडौं: भारतमा जारी साफ यु-१९ च्याम्पियनसिप अन्तर्गत आज समुह चरणको...

चौथो उपत्यकाव्यापी क्वान स्तरीय खुल्ला जुनियर उसु प्रतियोगितामा इष्टपोल एकेडेमी टिम प्रथम

चौथो उपत्यकाव्यापी क्वान स्तरीय खुल्ला जुनियर उसु प्रतियोगितामा इष्टपोल एकेडेमी टिम प्रथम

वि.सं.२०८२ वैशाख ३० मंगलवार १३:२७

काठमाडौं: जोरपाटी उसु क्वानको आयोजना तथा गोकर्णेश्वर नगरपालिकाको आर्थिक सहयोगमा...

‘जत्तुकु मुबा, आङीला जामे’ को नयाँ म्यूजिक भिडियो सार्वजनिक

‘जत्तुकु मुबा, आङीला जामे’ को नयाँ म्यूजिक भिडियो सार्वजनिक

वि.सं.२०८२ वैशाख २८ आइतवार १६:२२

काठमाडौं: तामाङ सांगीतिक इतिहासमा विशेष स्थान ओगटेको कालजयी गीत ‘जत्तुकु...

नेपालले पहिलो खेल श्रीलंकासँग खेल्दै

नेपालले पहिलो खेल श्रीलंकासँग खेल्दै

वि.सं.२०८२ वैशाख २८ आइतवार ११:१२

काठमाडौं: नेपालले साफ यु-१९ च्याम्पियनसिपको पहिलो खेल श्रीलंकासँग खेल्दैछ ।...

आज नीति तथा कार्यक्रम पारित हुँदै, संसदमा प्रधानमन्त्रीले जवाफ दिने

आज नीति तथा कार्यक्रम पारित हुँदै, संसदमा प्रधानमन्त्रीले जवाफ दिने

वि.सं.२०८२ वैशाख २८ आइतवार ०८:२६

काठमाडौं: प्रतिनिधिसभाको बैठकमा आज प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको वार्षिक...

पाकिस्तानद्वारा भारतका ११ शहरमा ड्रोन र मिसाइल आक्रमण

पाकिस्तानद्वारा भारतका ११ शहरमा ड्रोन र मिसाइल आक्रमण

वि.सं.२०८२ वैशाख २६ शुक्रवार ०९:२१

एजेन्सी: भारतीय सञ्चारमाध्यमका अनुसार पाकिस्तानले लगातार दोस्रो दिन बिहीबार पनि...