YouTube Link

अर्जेन्टिनालाई २-० गोल अन्तरले पराजित गर्दै ब्राजिल कोपा अमेरिकाको फाइनलमा प्रवेश

Facebook Link

एजेन्सी: घरेलु टोली ब्राजिल कोपा अमेरिकाको फाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलमा अर्जेन्टिनालाई २-० ले पराजित गर्दै ब्राजिलले उपाधि भिडन्तमा स्थान पक्का गरेको हो । खेलको १९औं मिनेटमा ब्राजिलका लागि ग्याब्रीएल जेससले गोल गर्दै अग्रता दिलाए । खेलको ३०औं मिनेटमा अर्जेन्टिनाले खेल बराबरीमा ल्याउने सुवर्ण अवसर गुमायो ।

कप्तान लिओनेल मेस्सीले पेनाल्टी क्षेत्रभित्र दिएको बललाई सर्जियो अगुएरोले गरेको हेडर प्रहार क्रसबारमा लागेर फर्किएको थियो । त्यसपछि ३६औं मिनेटमा मेस्सीले दिएको पासमा अगुएरोले पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहार सिल्भाले छेकेका थिए । दोस्रो हाफको सुरुवात देखिनै अर्जेन्टिनाले ब्राजिललाई दबाबमा राखेको थियो । लगातार केहि असफल आक्रमणपछि ५७औं मिनेटमा कप्तान मेस्सीले झन्डै १० यार्ड टाढाबाट गरेको प्रहार पोस्टमा लागेर फर्कियो । त्यसको रिबाउन्डमा मेस्सीले दिएको क्रसलाई अगुएरोले गोलमा परिणत गर्न सकेनन् ।

ब्राजिलले ७१औं मिनेटमा गोल गर्दै खेलमा अग्रता दोब्बर बनायो । काउन्टर अट्याकमा अगाडी बढेको ब्राजिलका लागि रोबर्टो फिर्मिनोले गोल गरे । खेलको अन्तिम समय दुवै टोलीका खेलाडी पटक-पटक आक्रामक रुपमा देखिएका थिए । निकै प्रतिस्पर्धात्मक रहेको खेलमा रेफ्रीले ७ पहेंलो कार्ड देखाएका थिए । ब्राजिलले उपाधिका लागि चिली र पेरुबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ । फाइनल खेल आइतबार हुनेछ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...