YouTube Link

श्रीलङ्का प्रहरीद्वारा आफ्नै कमाण्डरलाई पक्राउ, आत्मघाती आक्रमण रोक्न नसकेको आरोप

Khanepani Dhal
Facebook Link

एजेन्सी: आत्मघाती आक्रमण रोक्न नसकेको आरोपमा श्रीलङ्का प्रहरीले आफ्नै कमाण्डरलाई पक्राउ गरेको छ । प्रहरीले आईजीपी पुजित जयसुन्दरासँगै उक्त घटनालाई लिएर पूर्वरक्षा सचिव हेमसिरी फर्नान्डोलाई पनि गिरफ्तार गरेको छ ।

महान्यायाधिवक्ताले सुरक्षा खतराहरूको आकलनमा उनीहरूको विफलता मानवता विरूद्धको अपराधजस्तै भएको टिप्पणी गरेको भोलिपल्ट दुई अधिकारी गिरफ्तार भएका हुन् । महान्यायाधिवक्ताले उनीहरू विरुद्ध औपचारिक रूपमा अभियोग लगाउने ठानिएको छ । उनले सुरक्षा कमजोरीहरूका निम्ति मुद्दा लगाइनु पर्ने भन्दै सन्दिग्धको रूपमा अन्य नौजना वरिष्ठ प्रहरी अधिकृतहरूको पनि नाम लिएका छन् ।

सम्भावित आक्रमणबारे प्राप्त गुप्त सूचनाको जानकारी दिन असफल भएको भन्दै प्रहरी प्रमुखलाई राजीनामा दिन निर्देशन दिइएको बताइएको थियो । तर उनले राजीनामा दिन अस्वीकार गरेका थिए । त्यसपछि राष्ट्रपति मैत्रीपाल सिरिसेनाले दुई महिनाअघि रक्षासचिवलाई पदमुक्त गर्दै प्रहरी प्रमुखलाई निलम्बन गरेका थिए । सिरिसेनाले एउटा टेलिभिजन सम्बोधनमा त्यहाँका विभिन्न सुरक्षा निकायमा व्यापक परिवर्तन गर्ने बताएको एक दिनपछि उनीहरू विरुद्ध कदम उठाइएको थियो । त्यसपछि निमित्तको रूपमा चन्दन विक्रमरत्नले प्रहरीको नेतृत्व सम्हालेका छन् ।

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
काठमाडौं लगायत देशका धेरै स्थानमा उकालो लाग्दै तापक्रम

काठमाडौं लगायत देशका धेरै स्थानमा उकालो लाग्दै तापक्रम

वि.सं.२०८१ माघ १० बिहीवार ०७:५७

काठमाडौं: काठमाडौं उपत्यकालगायत देशका धेरै स्थानमा तापक्रम बढ्न थालेको छ...

हेर्नुहोस् आज २०८१ माघ १० गते बिहीबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ माघ १० गते बिहीबार तपाईको राशिफल

वि.सं.२०८१ माघ १० बिहीवार ०७:२३

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...

२४औँ स्थापना दिवस भव्यताका साथ मनाउँदै सशस्त्र प्रहरी बल

२४औँ स्थापना दिवस भव्यताका साथ मनाउँदै सशस्त्र प्रहरी बल

वि.सं.२०८१ माघ ९ बुधवार १०:२७

काठमाडौं: वि.सं. २०५७ साल माघ ९ गते स्थापना भएको सशस्त्र...

हेर्नुहोस् आज २०८१ माघ ९ गते बुधबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ माघ ९ गते बुधबार तपाईको राशिफल

वि.सं.२०८१ माघ ९ बुधवार ०७:४६

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...

कसरी दिन सकिन्छ पाँच लाख बराबरको स्वास्थ्य बिमा सेवा ?

कसरी दिन सकिन्छ पाँच लाख बराबरको स्वास्थ्य बिमा सेवा ?

वि.सं.२०८१ माघ ८ मंगलवार १०:५२

काठमाडौं: स्वास्थ्य बिमा रकम पाँच लाख बनाउन लागेको विषय अहिले...

अमेरिका डब्ल्यूएचओ र पेरिस जलवायु सम्झौताबाट बाहिरिएको घोषणा

अमेरिका डब्ल्यूएचओ र पेरिस जलवायु सम्झौताबाट बाहिरिएको घोषणा

वि.सं.२०८१ माघ ८ मंगलवार १०:३३

काठमाडौं: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)बाट अलग...