YouTube Link

वर्षभरि घरेलु फुटबल प्रतियोगितालाई ब्यस्त राख्ने गरि एन्फाले सार्वजानिक गर्यो वार्षिक क्यालेन्डर

Facebook Link

 

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)ले वर्षभरि घरेलु फुटबल प्रतियोगितालाई ब्यस्त राख्ने गरि वार्षिक क्यालेन्डर तयार पारेको छ । बिहीबारको कार्यसमिति बैठकले वार्षिक क्लालेन्डरलाई पारित गरेको हो ।

 

क्यालेन्डर पारित भएसँगै अन्यौलमा रहेको फ्रेन्चाइज फुटबल नेपाल सुपर लिग (एनएसएल) सहित घरेलु लिगको मिति टुङ्गो लागेको छ ।

 

आगामी असोज महिनाबाट घरेलु फुटबलको सिजन सुरु हुनेछ । असोज महिनाभर सी डिभिजन लिगको छनोट खेल हुनेछ । सी छनोटको विशेषता भनेको यसपटकका छनोट खेलहरु काठमाडौं केन्द्रित मात्र हुने छैनन् । काठमाडौं सहित विभिन्न चार स्थानमा छनोट प्रतियोगिता गर्ने एन्फाको निर्णय गरेको छ । यस निर्णयले सी डिभिजनमा उक्लिन मोफसलका क्लबलाई सजिलो हुनेछ ।

 

असोज महिनाअघि एन्फाले भाद्र २० देखि ३१ सम्म श्रीलंकामा साफ यू-१७ च्याम्पियनसिप खेल्ने तालिका बनाएको छ । त्यसपछि घरेलु मैदानमै भाद्र २१ देखि ३ गतेसम्म महिला साफ च्याम्पियनसिपको आयोजना गर्नेछ । त्यसपछि भाद्र २५ देखि असोज २ गतेसम्म नेपालले बहराइनमा एएफसी यू-२० छनोट खेल्नेछ । असोजमै १९ देखि २३ गतेसम्म नेपालले भियतनाममा एएफसी यू-१७ छनोट पनि खेल्ने तालिका छ ।

 

सी छनोट चलिरहँदा एन्फाले नेपाल र बंगलादेशबीच असोज ११ गते काठमाडौंमा मैत्रीपूर्ण खेलको आयोजना गरेको छ । असोजकै अन्तिम साता २३ देखि मंसिर २ गतेसम्मका लागि एन्फाले फ्रेन्चाइज फुटबल नेपाल सुपर लिग आयोजनाका लागि नेपाल स्पोर्टस एण्ड इभेन्ट्स म्यानेजमेन्ट कम्पनीलाई समय उपलब्ध गराएको छ ।

 

फ्रेन्चाईज फुटबल चलिरहँदा एन्फाले राष्ट्रिय फुटसल लिगको छनोट प्रतियोगिता असोज २४ देखि कात्तिक ५ गतेसम्म राखेको छ । त्यसपछि एन्फाले असोज २८ देखि कात्तिक ३ गतेसम्म नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई समय दिएको छ ।

 

एन्फाले कात्तिक १ देखि पुस ६ गतेसम्म अन्तर विद्यालय स्तरीय राष्ट्रिय फुटबल प्रतियोगिताको समय निकालेको छ । त्यही समय कात्तिक १४ देखि मंसिर २९ गतेसम्म जिल्ला लिग र राष्ट्रिय लिग सञ्चालन गर्ने एन्फाको निर्णय छ । सोही कात्तिक महिना नेपालको साफ यू-१५ महिला टिम च्याम्पियनसिप खेल्न बंगलादेश जानेछ ।

 

मंसिरदेखि पुसको तेस्रो सातासम्म एन्फाले कतार विश्वकप फुटबलको समय कुनैपनि फुटबल गतिविधि नगर्ने तालिका बनाएको छ । त्यसपछि मंसिर ८ देखि पुस २ गतेसम्म मोफसलका फुटबल प्रतियोगितालाई एन्फाले समय उपलब्ध गराएको छ । त्यही समयमा मंसिर १५ देखि २४ गतेसम्म ६ महानगरका शहर सम्मिलित लिग कम नकआउटको महानगर कप आयोजनाको तालिका छ । मंसिर १० देखि पुस २ सम्म चितवनमै राष्ट्रिय वुमन्स लिगको अन्तिम चरणका खेल सञ्चालन गर्ने एन्फाको निर्णय छ ।

 

महिला लिग लगत्तै शहीद स्मारक ए डिभिजन लिगको सिजन सुरु गर्ने एन्फाको योजना छ । अहिलेलाई पुस ८ देखि चैत ४ गतेसम्मलाई लिगको मिति प्रस्ताव गरिएको छ । अघिल्लो वर्ष सञ्चालन गरिएको सप्ताह लिगकै ढाचामा प्रतियोगिता सञ्चालन गर्ने एन्फाको प्रस्ताव छ । घरेलु फुटबलमा नयाँ नेतृत्व आएपनि लिगको संरचना बदलिने छैन, लिग सिंगर राउण्ड रोबिनका आधारमै खेलाईनेछ ।

 

यस वर्ष उमेर समुहको राष्ट्रिय महिला लिगको नयाँ प्रतियोगिता सुरुवात गर्ने एन्फाको तयारी छ । फागुन १० देखि ३० गतेसम्म फिफाको वुमन्स प्रोग्राम अन्तर्गत यू–१८ राष्ट्रिय महिला लिग प्रतियोगिता लिग कम नकआउटका आधारमा सञ्चालन गर्ने एन्फाको निर्णय छ ।

 

घरेलु लिग सकिने लगत्तै चैत २ देखि बैशाखसम्म मोफसल प्रतियोगिताको सिजन सुरु हुनेछ । सोही समय बी डिभिजन लिग प्रतियोगितापनि संगसंगै अघि बढ्नेछ । बी डिभिजन लिगका लागि एन्फाले चैत ६ देखि बैशाख १५ गतेसम्मको मिति प्रस्ताव गरेको छ । सोही समय चैतमै ६ गतेदेखि ३० गतेसम्म राष्ट्रिय फुटसल लिग आयोजना गर्ने एन्फाको निर्णय छ । बी डिभिजन चलिरहदाँ चैत १० देखि ३० सम्म प्रदेश लिग र बैशाख १० देखि ३० गतेसम्म एन्फा प्रेशिडेन्ट लिग सञ्चालन गर्ने एन्फाको तालिका छ ।

 

बैशाखमा बी डिभिजन लिग सकिएपछि बैशाख १८ गतेदेखि २७ गतेसम्म सी डिभिजन लिग आयोजना हुनेछ । सिजनको अन्तिममा एन्फाले उमेर समुहको फुटबल प्रतियोगिता ललित मेमोरियल यू-१८ फुटबल जेठ २९ देखि असार १० गतेसम्म सञ्चालन गर्ने तालिका तयार पारेको छ ।

 

निकै अन्यौलका बीच एन्फाले वार्षिक क्यालेन्डर तयार गरेर निर्णय गरेको हो । फुटबल संघमा नयाँ नेतृत्व आएपनि घरेलु फुटबलको संरचना बदल्ने खालको कुनै योजना र कार्यक्रम वार्षिक क्लालेन्डरमा छैन । सी डिभिजनको छनोट काठमाडौं बाहिर गर्ने बाहेक अन्य कुनै नयाँ कार्यक्रम क्यालेन्डरमा देखिदैन ।

 

सबैभन्दा महत्वपुर्ण विषय शहीद स्मारक ए डिभिजन लिग सञ्चालनमा कुनै परिवर्तन गरिएको छैन । सिंगल राउण्ड रोबिनमा ए डिभिजन खेलाउने र बी र सी डिभिजनलाई महिना दिनमै सक्ने पुरानै ढाचा यस सिजन पनि देखिन्छ । समग्र फुटबलले अपेक्षा गरेको ‘होम एण्ड अवे’ र ‘डबल राउण्ड रोबिन लिग’को कार्यक्रम यस वर्षपनि फुटबलले देख्न नपाउने भएको छ ।

खेलपाटीडटकमबाट

 

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...