YouTube Link

आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानद्वारा दक्षिण अफ्रिका ४९ रनले पराजित

Facebook Link

एजेन्सी: इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटबाट दक्षिण अफ्रिका बाहिरिएको छ । आईतबार भएको खेलमा पाकिस्तानसँग ४९ रनले पराजित हुँदै दक्षिण अफ्रिका समूह चरणबाटै बाहिरिएको हो ।

पाकिस्तानले दिएको ३०९ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले ५० ओभरमा ९ विकेट गुमाएर २५९ रन मात्र बनाउन सक्यो । दक्षिण अफ्रिकाका लागि कप्तान फाप डु प्लेसिसले ६३ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीलाई हारबाट जोगाउन सकेनन् । दक्षिण अफ्रिकालाई सस्तैमा समेट्न पाकिस्तानका शादब खान र वाहब रियाजले ३/३ विकेट लिए । यस्तै मोहमद आमिरले २ विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३०८ रन बनाएको थियो । पाकिस्तानका लागि हरिश सोहिल र बाबर आजमले अर्धशतकीय इनिङस खेले । दक्षिण अफ्रिकाका लुंगी नेग्दीले ३ विकेट लिए । यस्तै इमरान ताहिरले २ विकेट हात पारे । दक्षिण अफ्रिकालाई हराएसंगै पाकिस्तानले शीर्ष चारमा रहँदै सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ ।

पाकिस्तानले ६ खेलबाट ५ अंक जोडेको छ । दक्षिण अफ्रिकाले ७ खेलमा मात्र ३ अंक जोडेको छ । र, शीर्ष चारमा रहदै सेमिफाइनल पुग्ने दक्षिण अफ्रिकाको सपना सकिएको छ । दक्षिण अफ्रिका पुछारबाट दोस्रो स्थानमा छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

वि.सं.२०८३ भदौ ९ मंगलवार १४:४८

काठमाडौं: अटोमोबाइल प्रदर्शनीको १८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि...

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

वि.सं.२०८३ भदौ ७ आइतवार १२:०३

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्यालले विपद्को समयमा आदेशको प्रतिक्षा गरेर...

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

वि.सं.२०८३ भदौ ३ बुधवार १७:४७

काठमाडौं: प्रधामन्त्री बालेन्द्र शाहसँग मन्त्रीहरूले कार्यसम्पादन सम्झौता गरेका छन् ।...

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

वि.सं.२०८३ भदौ २ मंगलवार १२:३०

काठमाडौं: गायक विजय थापाको सुमधुर आवाजमा 'आँसु बिक्ने सहर' गीतको...

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

वि.सं.२०८३ भदौ २ मंगलवार १०:३०

काठमाडौं: भारतीय सेनाध्यक्ष धिरज सेठले आज प्रधानमन्त्री एवं रक्षामन्त्री बालेन्द्र...

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

वि.सं.२०८३ भदौ १ सोमवार १७:२२

काठमाडौं: प्रतिनिधिसभा सदस्य तथा पूर्वउपसभामुख इन्दिरा रानामगरको प्रमुख आतिथ्यमा जन...