YouTube Link

आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानद्वारा दक्षिण अफ्रिका ४९ रनले पराजित

Facebook Link

एजेन्सी: इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटबाट दक्षिण अफ्रिका बाहिरिएको छ । आईतबार भएको खेलमा पाकिस्तानसँग ४९ रनले पराजित हुँदै दक्षिण अफ्रिका समूह चरणबाटै बाहिरिएको हो ।

पाकिस्तानले दिएको ३०९ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले ५० ओभरमा ९ विकेट गुमाएर २५९ रन मात्र बनाउन सक्यो । दक्षिण अफ्रिकाका लागि कप्तान फाप डु प्लेसिसले ६३ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीलाई हारबाट जोगाउन सकेनन् । दक्षिण अफ्रिकालाई सस्तैमा समेट्न पाकिस्तानका शादब खान र वाहब रियाजले ३/३ विकेट लिए । यस्तै मोहमद आमिरले २ विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३०८ रन बनाएको थियो । पाकिस्तानका लागि हरिश सोहिल र बाबर आजमले अर्धशतकीय इनिङस खेले । दक्षिण अफ्रिकाका लुंगी नेग्दीले ३ विकेट लिए । यस्तै इमरान ताहिरले २ विकेट हात पारे । दक्षिण अफ्रिकालाई हराएसंगै पाकिस्तानले शीर्ष चारमा रहँदै सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ ।

पाकिस्तानले ६ खेलबाट ५ अंक जोडेको छ । दक्षिण अफ्रिकाले ७ खेलमा मात्र ३ अंक जोडेको छ । र, शीर्ष चारमा रहदै सेमिफाइनल पुग्ने दक्षिण अफ्रिकाको सपना सकिएको छ । दक्षिण अफ्रिका पुछारबाट दोस्रो स्थानमा छ ।

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Nishana Seving AD
बाहिरी भेटघाटका लागि सशस्त्र प्रहरीमा कडाइ

बाहिरी भेटघाटका लागि सशस्त्र प्रहरीमा कडाइ

वि.सं.२०८२ कात्तिक २१ शुक्रवार ०७:३३

काठमाडौं: सशस्त्र प्रहरी बल नेपालमा बाहिरी भेटघाटमा कडाइ गरिएको छ...

रास्वपा केन्द्रीय समितिको विस्तारित बैठक आजदेखि

रास्वपा केन्द्रीय समितिको विस्तारित बैठक आजदेखि

वि.सं.२०८२ कात्तिक २१ शुक्रवार ०७:१८

चितवन: राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय समितिको विस्तारित बैठक आजदेखि चितवनमा...

हिमाली भू-भागमा हल्का वर्षासहित हिमपातको सम्भावना

हिमाली भू-भागमा हल्का वर्षासहित हिमपातको सम्भावना

वि.सं.२०८२ कात्तिक २१ शुक्रवार ०७:०९

काठमाडौं: हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम...

हेर्नुहोस् आज २०८२ कात्तिक २१ गते शुक्रबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८२ कात्तिक २१ गते शुक्रबार तपाईको राशिफल

वि.सं.२०८२ कात्तिक २१ शुक्रवार ०७:०३

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...

नेपाल युएई त्रिकोणात्मक सिरिजको सबै खेलमा पराजित

नेपाल युएई त्रिकोणात्मक सिरिजको सबै खेलमा पराजित

वि.सं.२०८२ कात्तिक २० बिहीवार ०७:१९

काठमाडौं: आसिसी क्रिकेट विश्वकप लिग-टु अन्तर्गत नेपालले युएई त्रिकोणात्मक सिरिजको...

१०औँ राष्ट्रिय खेलकुद फागुनको पहिलो साता हुने

१०औँ राष्ट्रिय खेलकुद फागुनको पहिलो साता हुने

वि.सं.२०८२ कात्तिक २० बिहीवार ०६:५२

काठमाडौं: १०औँ राष्ट्रिय खेलकुद फागुनको पहिलो साता हुने भएको छ...