YouTube Link

अफगानिस्तानलाई ११ रनले पराजित गर्दै आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा भारतको रोमान्चक जित

Khanepani Dhal
Facebook Link

एजेन्सी: आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा अफगानिस्तानविरुद्ध भारतले रोमान्चक जित दर्ता गरेको छ । साउथह्याम्टनमा शनिबार भएको खेलमा भारतले अफगानिस्तानलाई ११ रनले पराजित गरेको हो ।

भारतले दिएको २२५ रनको लक्ष्य पछ्याएको अफगानिस्तान १ बल बाँकी रहदा २१३ रन जोड्दै अलआउट भयो । अन्तिम ओभरमा मोहमद शामीले ह्याट्रिक विकेट लिँदै भारतलाई रोमान्चक जित दिलाए । अफगानिस्तानका लागि मोहमद नाबीले ५२ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टिमलाई जित दिलाउन सकेनन् । यस्तै रहमत साहले ३६ तथा गुल्बादीन नाबीले २७ रन बनाए । हास्मतउल्लाह शाहिदी र नाजिबउल्लाह जाड्रनले समान २१/२१ रन बनाए ।

अफगानिस्तानलाई सस्तैमा समेट्न भारतका शामीले ह्याट्रिक सहित चार विकेट लिए । यस्तै जस्प्रित बुम्राह, युजभेन्द्र चहल र हार्दिक पाण्डयले २/२ विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय २४ रन बनाएको थियो । भारतका लागि कप्तान विराट कोहलीले सर्वाधिक ६७ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै केदार जाधबले ५२ रन बनाए । रोहित शर्मा एक रनमा पवोलियन फर्किएको खेलमा के एल राहुल ३०, विजय शंकर २९, महेन्द्र सिंह धोनीले २८ रन बनाएर आउट भए ।

अफगानिस्तानका मोहमद नाबी र गुलाबदिन नाइबले समान २-२ विकेट लिए । यस्तै मुजिब उर रहमान, रहमत शाह, राशिद खान र अफताब आलमले समान १-१ विकेट हात पारे । जितसंगै भारतले ५ खेलबाट ९ अंक जोडेको छ । र, चौंथो जित निकालेको भारत तालिकाको तेस्रो स्थानमा छ । अफगानिस्तानको यो लगातार छैटौं हार हो । लिगको पुछारमा रहेको अफगानिस्तानले अंक जोड्ने सकेको छैन ।

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
सांसदको प्रश्नः हाम्रो स्वाभिमान कहाँ छ ?

सांसदको प्रश्नः हाम्रो स्वाभिमान कहाँ छ ?

वि.सं.२०८१ फागुन ६ मंगलवार १३:४६

काठमाडौं: भारतको ओडिसा राज्यको भुवनेश्वरस्थित कलिङ इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी...

नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु प्रकरणपछि केआईआईटीमा विद्यार्थीहरूको हडताल जारी, कलेज फर्किन ८ बुँदे सर्त

नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु प्रकरणपछि केआईआईटीमा विद्यार्थीहरूको हडताल जारी, कलेज फर्किन ८ बुँदे सर्त

वि.सं.२०८१ फागुन ६ मंगलवार १२:५१

काठमाडौं: भारतको ओडिसा राज्यको भुवनेश्वरस्थित कलिङ इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी...

कीर्गिस्तानमाथि नेपालको संघर्षपूर्ण जित

कीर्गिस्तानमाथि नेपालको संघर्षपूर्ण जित

वि.सं.२०८१ फागुन ५ सोमवार २२:३०

काठमाडौं: नेपालले कीर्गिस्तान विरूद्ध १-० गोल अन्तरको कठिन जित निकाल्दै...

लेबनानमाथि म्यानमारको सहज जित

लेबनानमाथि म्यानमारको सहज जित

वि.सं.२०८१ फागुन ५ सोमवार १७:०२

काठमाडौं: लेबनानलाई ३-१ गोल अन्तरले हराउँदै म्यानमारले फराकिलो जितसहित इन्टरनेसनल...

खोटाङको हलेसीमा आगलागीबाट तीन घर जलेर नष्ट

खोटाङको हलेसीमा आगलागीबाट तीन घर जलेर नष्ट

वि.सं.२०८१ फागुन ५ सोमवार ०९:०१

खोटाङ: खोटाङको हलेसी तुवाचुङ नगरपालिका-७ महादेवस्थानको हलेसी बजारमा भएको भीषण...

नेपालले कीर्गिस्तानसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्दै

नेपालले कीर्गिस्तानसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्दै

वि.सं.२०८१ फागुन ५ सोमवार ०८:५२

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा आजदेखि अन्तर्राष्ट्रिय महिला...