छैठौं संस्करणको उदयपुर गोल्डकपको उपाधि सशस्त्र प्रहरी बलको एपिएफलाई
वि.सं.२०७६ असार ८ आइतवार ०८:००
789
sharesउदयपुर: छैठौं संस्करण उदयपुर गोल्डकपको उपाधि सशस्त्र प्रहरी बलको एपिएफले जितेको छ । थरुहट रंगशाला गाईघाटमा शनिबार भएको फाईनल खेलमा गोर्खा व्याइज क्लव रुपन्देहीलाई १–० गोल अन्तरले पराजित गर्दै एपिएफले उपाधि जितेको हो ।
खेलको दोस्रो हाफमा एपिएफका श्याम नेपालीले गरेको पहिलो गोल नै निर्णायक भयो । पहिलो हाफसम्म गोलरहित बराबरीमा खेलेका दुबै टिमले दोस्रो हाफमा निकै आक्रमक भएर खेले । पहिलो हाफमा रुपन्देहीलाई दवावमा राखेको एपिएफले दोस्रो हाफमा कायम राख्न नसकेपनि गोल गर्न सफल भयो । एपीएफका श्याम नेपाली नै म्यान दफ दि म्याच पनि घोषित भए । उनले सात हजार नगद प्राप्त गरे ।
प्रतियोगिताको सर्बोत्कृष्ट खेलाडी सशस्त्रका राजेन्द्र रावल घोषित भए भने खेलको सर्बाधिक गोलकर्ता रुपन्देहीका फोफना घोषित भए त्यस्तै उत्कृष्ट खेलाडी सशस्त्रका नविन लामा घोषित भए । उत्कृष्ट गोलरक्षकमा सशस्त्रका गोलरक्षक अमृत चाौधरी भए । उपाधिसँगै सशस्त्रले नगद पाँच लाख पुरस्कार प्राप्त गर्यो भने उपविजेता रुपन्देहीले नगद तीन लाख पुरस्कार प्राप्त गरेको छ ।।
वि.सं.२०७६ असार ८ आइतवार ०८:००