YouTube Link

आईसीसी विश्वकप क्रिकेटमा श्रीलंकाद्वारा आयोजक तथा उपाधि दाबेदार इंग्ल्याण्ड ८२ रनले पराजित

World Cup 2026
Facebook Link

एजेन्सी: ईंग्ल्याण्डमा जारी १२औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा श्रीलंकाले आयोजक तथा उपाधि दाबेदार इंग्ल्याण्डलाई पराजित गरेको छ । मालिंगा चम्किएपछि श्रीलंकाले ईङ्ल्याण्डलाई २० रनले पराजित गरेको हो ।

लिड्समा श्रीलंकाले दिएको २ सय ३३ रनको सामान्य लक्ष्य पछ्याएको घरेलु टोली इंग्ल्याण्ड मलिंगाको धारिलो बलिङ सामु निरिह रह्यो । इंग्ल्याण्ड ४७ ओभरमा मात्र २ सय १२ रन जोड्दा अलआउट भयो । इंग्ल्याण्डका लागि बेन स्टोक्सले अविजित ८२ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै जोय रुटले ५७ रनको अर्धशतकीय इनिङ्स खेले ।

कप्तान इयान मोर्गन २१ रनमा आउट हुँदा मोइन अलीले १६ तथा जेम्स भिन्सले १४ रन बनाए । इंग्ल्याण्डलाई सस्तैमा समेट्न श्रीलंकाका लागि मालिंगाले १० ओभर बलिङ गर्दै ४३ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । यस्तै धनन्जय डी सिल्भाले ३ तथा इसुरु उडानाले २ विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३२ बनाएको थियो । श्रीलंकाका एन्जेलो म्याथ्युजले अविजित रहदै सर्वाधिक ८५ रनको अर्धशतकीय इनिङस खेले । यस्तै अभिस्का फर्नान्डोले ४९, कुशल मेण्डिसले ४६ तथा धननन्जय सिल्भाले २९ रन बनाए । श्रीलंकालाई सस्तैमा समेट्न इंग्ल्याण्डका जोफ्रा आर्चर र मार्क वुडले समान ३/३ विकेट हात पारे । यस्तै आदील रशिदले २ तथा क्रिस वोक्सले १ विकेट लिए ।

हारसंगै इंग्ल्याण्डले शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ । इंग्ल्याण्डले ६ खेलबाट ८ अंक जोडेको छ । प्रतियोगितामा दोस्रो हार व्यहोरेको इंग्ल्याण्ड तेस्रो स्थानमा छ । इंग्ल्याण्डलाई हराएसंगै श्रीलंकाले शीर्ष चारमा पुग्ने सम्भावना कायम राखेको छ । श्रीलंकाले ६ खेलबाट ६ अंक जोडेको छ र तालिकाको पाँचौ स्थानमा उक्लिएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

वि.सं.२०८३ असार ३ बुधवार ११:४२

काठमाडौं: अर्जेन्टिनाका सुपरस्टार लिओनल मेसीले मंगलबार अल्जेरियाविरुद्धको खेलमा आफ्नो पहिलो...

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...