YouTube Link

विप्लव नेतृत्वको नेकपाको विज्ञप्ती : दोहोरो भिडन्त होइन, हत्या गरियो

Facebook Link

काठमाडौंः सर्लाहीमा प्रहरीको गोली लागि मृत्यु भएका नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा कम्युनिष्ट पार्टीका सर्लाही इञ्चार्ज कुमार पौडेललाई सो पार्टीले शहीद घोषणा गरेको छ ।

पार्टीका जनकपुर ब्युरो इञ्चार्ज अरुणले विज्ञप्ति जारी गर्दै प्रहरीले दिउँसो पक्राउ गरी गोली हानी हत्या गरेको दाबी गरेका छन् । प्रहरीले सर्लाहीको लालबन्दी नगरपालिका वडा नं. १ लखन्ती खोलामा साथीहरु कुरिरहेको अवस्थामा नियन्त्रणमा लिएर चिनिसकेपछि एक गोली हातमा र अर्को गोली टाउकोमा प्रहार गरी पौडेलको हत्या गरिएको आरोप विज्ञप्तिमा लगाइएको छ ।

विज्ञप्तिमा हत्याको बदला लिने चेतावनी समेत दिइएको छ । ‘नेपाल कम्युनिस्ट पार्टी यो गैरन्यायिक हत्याको विरोध र भत्र्सना गर्दछ र ओली सरकारको राज्य आतंक र हत्याको बदला एकीकृत जनक्रान्तिकै माध्यमबाट लिने प्रतिवद्धता पनि व्यक्त गर्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो पार्टी शहीदहरुको बलिदान खेर जान नदिने साथै एकीकृत जनक्रान्ति सफल गरि छाड्ने प्रतिवद्धता प्रकट गर्दछ ।’

बिहीबार दिउँसो प्रहरीको गोली लागि विप्लव समूहका नेता कुमार पौडेलको मृत्यु भएको थियो । दुई नम्बर प्रदेशका प्रहरी प्रमुख हरि पालले भने दुबै पक्षबीच गोली हानाहान हुँदा पौडेलको मृत्यु भएको दाबी गरेका छन् । प्रहरीले पौडेलको साथबाट पेस्तोल र गोलीसमेत बरामद गरेको प्रहरीले दाबी गरेको छ । प्रहरीले ना २२ प ५६ नम्बरको १ सय ५० सिसिको पल्सर मोटरसाइकल र अर्को अन टेष्ट लेखिएको मोटरसाइकल समेत फेला पारेको छ ।

मारिएका पौडेलले बोकेको झोलाबाट थ्री नट थ्री राइफलको गोली र सिक्सर पेस्तोल समेत फेला पारेको प्रहरीले जानकारी दिएको छ । घटनामा बाँकी तीन जना भने भाग्न सफल भएका छन् । मारिएका पौडेल चुरेभावर, नेकपा माओवादी, बैद्य नेतृत्वको माओवादी हुदै विप्लव समुहमा आएका थिए ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

वि.सं.२०८३ भदौ १० बुधवार १६:५७

काठमाडौं: रसुवा बाढीमा परि २९१ विदेशी नागरिकसहित ३८४ जना यात्रु...

बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिने

बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिने

वि.सं.२०८३ भदौ १० बुधवार १६:३१

काठमाडौं: सरकारले बाढीबाट प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद्...

भन्सार प्रमुखसहित २६ जना सम्पर्कमा, १४ कर्मचारीको खोजी जारी

भन्सार प्रमुखसहित २६ जना सम्पर्कमा, १४ कर्मचारीको खोजी जारी

वि.सं.२०८३ भदौ १० बुधवार १६:१४

काठमाडौं: रसुवामा आएको भीषण बाढीपछि रसुवागढी भन्सार कार्यालयका प्रमुख भन्सार...

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

वि.सं.२०८३ भदौ ९ मंगलवार १४:४८

काठमाडौं: अटोमोबाइल प्रदर्शनीको १८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि...

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

वि.सं.२०८३ भदौ ७ आइतवार १२:०३

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्यालले विपद्को समयमा आदेशको प्रतिक्षा गरेर...

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

वि.सं.२०८३ भदौ ३ बुधवार १७:४७

काठमाडौं: प्रधामन्त्री बालेन्द्र शाहसँग मन्त्रीहरूले कार्यसम्पादन सम्झौता गरेका छन् ।...