YouTube Link

विप्लव नेतृत्वको नेकपाको विज्ञप्ती : दोहोरो भिडन्त होइन, हत्या गरियो

Khanepani Dhal
Facebook Link

काठमाडौंः सर्लाहीमा प्रहरीको गोली लागि मृत्यु भएका नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा कम्युनिष्ट पार्टीका सर्लाही इञ्चार्ज कुमार पौडेललाई सो पार्टीले शहीद घोषणा गरेको छ ।

पार्टीका जनकपुर ब्युरो इञ्चार्ज अरुणले विज्ञप्ति जारी गर्दै प्रहरीले दिउँसो पक्राउ गरी गोली हानी हत्या गरेको दाबी गरेका छन् । प्रहरीले सर्लाहीको लालबन्दी नगरपालिका वडा नं. १ लखन्ती खोलामा साथीहरु कुरिरहेको अवस्थामा नियन्त्रणमा लिएर चिनिसकेपछि एक गोली हातमा र अर्को गोली टाउकोमा प्रहार गरी पौडेलको हत्या गरिएको आरोप विज्ञप्तिमा लगाइएको छ ।

विज्ञप्तिमा हत्याको बदला लिने चेतावनी समेत दिइएको छ । ‘नेपाल कम्युनिस्ट पार्टी यो गैरन्यायिक हत्याको विरोध र भत्र्सना गर्दछ र ओली सरकारको राज्य आतंक र हत्याको बदला एकीकृत जनक्रान्तिकै माध्यमबाट लिने प्रतिवद्धता पनि व्यक्त गर्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो पार्टी शहीदहरुको बलिदान खेर जान नदिने साथै एकीकृत जनक्रान्ति सफल गरि छाड्ने प्रतिवद्धता प्रकट गर्दछ ।’

बिहीबार दिउँसो प्रहरीको गोली लागि विप्लव समूहका नेता कुमार पौडेलको मृत्यु भएको थियो । दुई नम्बर प्रदेशका प्रहरी प्रमुख हरि पालले भने दुबै पक्षबीच गोली हानाहान हुँदा पौडेलको मृत्यु भएको दाबी गरेका छन् । प्रहरीले पौडेलको साथबाट पेस्तोल र गोलीसमेत बरामद गरेको प्रहरीले दाबी गरेको छ । प्रहरीले ना २२ प ५६ नम्बरको १ सय ५० सिसिको पल्सर मोटरसाइकल र अर्को अन टेष्ट लेखिएको मोटरसाइकल समेत फेला पारेको छ ।

मारिएका पौडेलले बोकेको झोलाबाट थ्री नट थ्री राइफलको गोली र सिक्सर पेस्तोल समेत फेला पारेको प्रहरीले जानकारी दिएको छ । घटनामा बाँकी तीन जना भने भाग्न सफल भएका छन् । मारिएका पौडेल चुरेभावर, नेकपा माओवादी, बैद्य नेतृत्वको माओवादी हुदै विप्लव समुहमा आएका थिए ।

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
प्रविधिको सहयोगमा वस्तुनिष्ठ अनुसन्धान र विश्वासिलो अभियोजन नारासहित ११ बूँदे घोषणापत्र

प्रविधिको सहयोगमा वस्तुनिष्ठ अनुसन्धान र विश्वासिलो अभियोजन नारासहित ११ बूँदे घोषणापत्र

वि.सं.२०८२ असार १ आइतवार १३:४८

काठमाडौं: साधन-स्रोतको अभावमा दक्षिण एसियाको उत्कृष्ट अनुसन्धाता नेपाल प्रहरीले चाहेजति...

‘टुङ्ना ताप्स्यो दिश दाःर्स्यो, ईके नु आँके थुँ गार्स्यो’ सुनुवार भाषाको म्यूजिक भिडियो सार्वजानिक (म्यूजिक भिडियो सहित)

‘टुङ्ना ताप्स्यो दिश दाःर्स्यो, ईके नु आँके थुँ गार्स्यो’ सुनुवार भाषाको म्यूजिक भिडियो सार्वजानिक (म्यूजिक भिडियो सहित)

वि.सं.२०८२ जेठ ३१ शनिवार ०७:५०

काठमाडौः 'टुङ्ना ताप्स्यो दिश दाःर्स्यो, ईके नु आँके थुँ गार्स्यो'...

इजरायलमाथि इरानको बालिस्टिक मिसाइल प्रहार

इजरायलमाथि इरानको बालिस्टिक मिसाइल प्रहार

वि.सं.२०८२ जेठ ३१ शनिवार ०६:२८

एजेन्सीः इजरायलले गरेको आक्रमणको प्रतिकार स्वरूप इरानले बालिस्टिक मिसाइल प्रहार...

हेर्नुहोस् आज २०८२ जेठ ३१ गते शनिबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८२ जेठ ३१ गते शनिबार तपाईको राशिफल

वि.सं.२०८२ जेठ ३१ शनिवार ०५:४५

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...

मकालु हिमालमा ट्राफिक नियम !

मकालु हिमालमा ट्राफिक नियम !

वि.सं.२०८२ जेठ २३ शुक्रवार १३:०४

काठमाडौं: काठमाडौं उपत्यकालाई हरेक किसिमका अपराध नियन्त्रण गर्दै 'सुरक्षित उपत्यका'...

स्पेन नेशन्स लिगको फाइनलमा, पोर्चुगलसँग फाइनल खेल्ने

स्पेन नेशन्स लिगको फाइनलमा, पोर्चुगलसँग फाइनल खेल्ने

वि.सं.२०८२ जेठ २३ शुक्रवार ०८:४२

एजेन्सी: स्पेन नेशन्स लिगको फाइनलमा पुगेको छ । लामिन यामालको...