Texas College
YouTube Link

संघर्षपूर्ण जित निकाल्दै चिली कोपा अमेरिकाको क्वाटरफाइनलमा प्रवेश

Facebook Link

एजेन्सी: कोपा अमेरिका अन्तर्गत समूह ‘सी’ को दोस्रो खेलमा चिलीले इक्वेडरलाई २-१ गोलले संघर्षपूर्ण जित निकाल्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

चिलीले खेलको आठौं मिनेटमा नै अग्रता लिएको थियो । जोसे फुएनजालिडाले १२ यार्डबाट गोल गर्दै चिलीलाई अग्रता दिलाए । २५औं मिनेटमा इक्वेडरले पेनाल्टीमार्फत खेल बराबरीमा ल्यायो । चिलीका आरियासले मेन्डेजलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि प्राप्त पेनाल्टीमा एनर भ्यालेन्सियाले गोल गर्दै खेल बराबरीमा ल्याए ।

दोस्रो हाफको ५१ औं मिनेटमा चिलीले पुन: अग्रता लियो । चार्ल्स आरान्गिजको पासमा एलेक्सिस सान्चेजले पेनाल्टी क्षेत्र भित्रबाट उत्कृष्ट फिनिसमा गोल गर्दै चिलीको अग्रता पुन: स्थापना गरे । खेलको ८९औं मिनेटमा इक्वेडर १० खेलाडीमा सिमित भयो । ग्याब्रिएल एकिलिएरले चिलीका मिडफिल्डर आर्टुरो भिडाललाई कुइनोले मुखमा हानेपछि रेफ्रीले उनलाई सिधै रातो कार्ड देखाएका थिए ।

जितसँगै चिली २ खेलमा ६ अंक जोड्दै शीर्षस्थानमा रहेर क्वाटरफाइनलमा प्रवेश गरेको छ । दोस्रो स्थानमा रहेको उरुग्वेले २ खेलमा ४ अंक जोडेको छ । जापानको १ अंक छ भने इक्वेडर अंकविहिन छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
अध्यादेशबारे संविधानविदहरूसँग परामर्श गर्दै राष्ट्रपति

अध्यादेशबारे संविधानविदहरूसँग परामर्श गर्दै राष्ट्रपति

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:३८

काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले संसद् रोकेर सिफारिस गरेका अध्यादेशबारे...

देशका अधिकांश भू-भागमा वर्षा हुने

देशका अधिकांश भू-भागमा वर्षा हुने

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:२८

काठमाडौं: जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल...

सञ्चार जगत र नेपाली सेनाको कार्य प्रकृति फरक, तर राष्ट्रिय हित र एकता दुवैको सर्वोपरी लक्ष्य : सैनिक प्रवक्ता

सञ्चार जगत र नेपाली सेनाको कार्य प्रकृति फरक, तर राष्ट्रिय हित र एकता दुवैको सर्वोपरी लक्ष्य : सैनिक प्रवक्ता

वि.सं.२०८३ वैशाख १६ बुधवार १४:३१

काठमाडौं: नेपाली सेनासम्बन्धी सही र तथ्य सूचना सम्प्रेषण गर्ने ध्येयका...

चार प्रदेशमा आज साँझदेखि तीव्र गतिको हावाहुरीको जोखिम

चार प्रदेशमा आज साँझदेखि तीव्र गतिको हावाहुरीको जोखिम

वि.सं.२०८३ वैशाख १६ बुधवार १२:२९

काठमाडौं: जल तथा मौसम विज्ञान विभागले देशका चारवटा प्रदेशमा तीव्र...

इन्धनको मूल्य वृद्धिसँगै बढ्यो सार्वजनिक यातायात भाडा

इन्धनको मूल्य वृद्धिसँगै बढ्यो सार्वजनिक यातायात भाडा

वि.सं.२०८३ वैशाख १६ बुधवार १२:१३

काठमाडौं: यातायात व्यवस्था विभागले इन्धनको मूल्य वृद्धि भएसँगै फेरि सार्वजनिक...

कर्मचारी र पदाधिकारीले चढिरहेका ६ सय २२ सरकारी गाडी खोसिए

कर्मचारी र पदाधिकारीले चढिरहेका ६ सय २२ सरकारी गाडी खोसिए

वि.सं.२०८३ वैशाख १५ मंगलवार १७:०३

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले राज्यको सीमित स्रोत र...