एन्फाको कार्यसमिति बैठक आज बस्दै
वि.सं.२०७९ साउन २ सोमवार ०९:१६
काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यसमिति बैठक आज बस्दैछ । बैठक दिउँसो ३ बजे बस्नेछ ।
एन्फाले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा कार्यसमिति बैठक डाकिएको जनाएको छ । एन्फामा नयाँ नेतृत्व आएपछि सूचना र एजेन्डासहित पहिलो पटक बैठक बस्न लागेको हो ।
एन्फाले सोमबारको कार्यसमिति बैठकका लागि १२ वटा एजेन्डा तय गरेको छ । जसमा महिला साफ च्याम्पियनसिपको तयारीदेखि विवादमा रहेको एनएसएल, विभिन्न पदाधिकारी नियुक्ति लगायतका एजेन्डामा छलफल र निर्णय हुनेछ ।
नवनिर्वाचित कार्यसमिति वार्षिक कार्यक्रम सहित अघि बढ्नुपर्ने बताउँदै केसीले बैठकमा ५ वटा एजेन्डा थप्न माग गरेका छन् ।
वि.सं.२०७९ साउन २ सोमवार ०९:१६