कोपा अमेरिका फुटबलमा अर्जेन्टिना र पारग्वेले खेले बराबरी
वि.सं.२०७६ असार ५ बिहीवार ०९:१६
783
sharesकोपा अमेरिका फुटबलमा अर्जेन्टिनाले बराबरी खेलेको छ । आज बिहान भएको खेलमा अर्जेन्टिनाले पाराग्वेसँग १-१ गोलको बराबरी खेलेको हो । पहिलो खेलमा कोलम्बियासंग हार ब्यहोरेको अर्जेन्टिनाले दोस्रो खेलमा अंक बाँडेको छ ।
बराबरीको नतिजाले अर्जेन्टिनाको अघिल्लो चरण प्रवेशको सम्भावना कठिन बनेको छ । समुह बीबाट कोलम्बिया समुह विजेताको रुपमा नकआउट चरण प्रवेश गरेको छ । पाराग्वे २ खेलबाट २ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा छ । अर्जेन्टिनाले २ खेलबाट मात्र १ अंक जोडेको छ । खेलमा अग्रता पाराग्वेले ३७औ मिनेटमा रिचर्ड सान्चेजको गोलमार्फत लिएको थियो । ५७औ मिनेटमा पेनाल्टी गोलमार्फत अर्जेन्टिना खेलमा फर्किएको थियो ।
डि बक्सभित्र इभान पेरिसको ह्यान्ड बलमा अर्जेन्टिनाले पेनाल्टीको अवसर पाएको थियो । जसमा लियोनल मेस्सीले गोल गरे । ६३औ मिनेटमा पाराग्वेले खेलमा पुन अग्रता लिने अवसर गुमायो । डर्लिस गोन्जालेजको पेनाल्टी प्रहारलाई अर्जेन्टिनी गोलकिपरले असफल पारे । बल पोजिसनमा हाबी देखिएपनि अर्जेन्टिनाले थप गोल गर्न सकेन ।
वि.सं.२०७६ असार ५ बिहीवार ०९:१६