YouTube Link

चिनियाँ राष्ट्रपति सी जिनपिङ उत्तर कोरियाको दुई दिने राजकीय भ्रमणमा जाँदै

Facebook Link

एजेन्सी: चिनियाँ राष्ट्रपति सी जिनपिङले आजदेखि उत्तर कोरियाको दुई दिने राजकीय भ्रमणमा जादैछन् । चिनियाँ राष्ट्रपतिबाट १४ वर्षपछि पहिलो पटक उत्तर कोरियाको भ्रमण हुन लागेका हुन् ।

भ्रमणका क्रममा उनले उत्तर कोरियाली नेता किम जोङ उनसँग कोरियाली प्रायद्वीपले झेलिरहेको आर्थिक समस्या र उसको आणविक कार्यक्रमबारे छलफल गर्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

चीन र उत्तर कोरिया पुराना मित्र भए पनि पछिल्लो समय आणविक कार्यक्रमलाई लिएर संयुक्त राष्ट्रसंघले लगाएको आर्थिक प्रतिबन्धमा चीनले समर्थन जनाएपछि यी दुई देशको बीचमा केही चिसोपन आएको छ । राष्ट्रपति सीको भ्रमणले दुई देशबीचको सम्बन्धमा सुधार आउने अपेक्षा गरिएको छ ।

सन् २०१२ मा सत्ता सम्हालेका सीले छिमेकी राष्ट्र उत्तर कोरियाको भ्रमण गरेका थिएनन् । किमले पछिल्ला दुई वर्षमा चारपटक चीनको भ्रमण गरे पनि चिनियाँ नेताको उत्तर कोरिया भ्रमण भएको थिएन । पछिल्लो पटक सन् २००५ मा तत्कालीन चिनियाँ राष्ट्रपति हु जिन्ताओले प्योङयाङको भ्रमण गरेका थिए ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

वि.सं.२०८३ भदौ ७ आइतवार १२:०३

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्यालले विपद्को समयमा आदेशको प्रतिक्षा गरेर...

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

वि.सं.२०८३ भदौ ३ बुधवार १७:४७

काठमाडौं: प्रधामन्त्री बालेन्द्र शाहसँग मन्त्रीहरूले कार्यसम्पादन सम्झौता गरेका छन् ।...

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

वि.सं.२०८३ भदौ २ मंगलवार १२:३०

काठमाडौं: गायक विजय थापाको सुमधुर आवाजमा 'आँसु बिक्ने सहर' गीतको...

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

वि.सं.२०८३ भदौ २ मंगलवार १०:३०

काठमाडौं: भारतीय सेनाध्यक्ष धिरज सेठले आज प्रधानमन्त्री एवं रक्षामन्त्री बालेन्द्र...

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

वि.सं.२०८३ भदौ १ सोमवार १७:२२

काठमाडौं: प्रतिनिधिसभा सदस्य तथा पूर्वउपसभामुख इन्दिरा रानामगरको प्रमुख आतिथ्यमा जन...

भारतीय सेनाप्रमुख धीरज सेठ नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने

भारतीय सेनाप्रमुख धीरज सेठ नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने

वि.सं.२०८३ साउन ३१ आइतवार ११:४१

काठमाडौं: नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा भारतीय सेनाका प्रमुख...