Health Ad
YouTube Link

चिनियाँ राष्ट्रपति सी जिनपिङ उत्तर कोरियाको दुई दिने राजकीय भ्रमणमा जाँदै

Khanepani Dhal
Facebook Link

एजेन्सी: चिनियाँ राष्ट्रपति सी जिनपिङले आजदेखि उत्तर कोरियाको दुई दिने राजकीय भ्रमणमा जादैछन् । चिनियाँ राष्ट्रपतिबाट १४ वर्षपछि पहिलो पटक उत्तर कोरियाको भ्रमण हुन लागेका हुन् ।

भ्रमणका क्रममा उनले उत्तर कोरियाली नेता किम जोङ उनसँग कोरियाली प्रायद्वीपले झेलिरहेको आर्थिक समस्या र उसको आणविक कार्यक्रमबारे छलफल गर्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

चीन र उत्तर कोरिया पुराना मित्र भए पनि पछिल्लो समय आणविक कार्यक्रमलाई लिएर संयुक्त राष्ट्रसंघले लगाएको आर्थिक प्रतिबन्धमा चीनले समर्थन जनाएपछि यी दुई देशको बीचमा केही चिसोपन आएको छ । राष्ट्रपति सीको भ्रमणले दुई देशबीचको सम्बन्धमा सुधार आउने अपेक्षा गरिएको छ ।

सन् २०१२ मा सत्ता सम्हालेका सीले छिमेकी राष्ट्र उत्तर कोरियाको भ्रमण गरेका थिएनन् । किमले पछिल्ला दुई वर्षमा चारपटक चीनको भ्रमण गरे पनि चिनियाँ नेताको उत्तर कोरिया भ्रमण भएको थिएन । पछिल्लो पटक सन् २००५ मा तत्कालीन चिनियाँ राष्ट्रपति हु जिन्ताओले प्योङयाङको भ्रमण गरेका थिए ।

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
रियल म्याड्रिडलाई हराउँदै बार्सिलोनाले जित्यो कोपा डेल रेको उपाधि

रियल म्याड्रिडलाई हराउँदै बार्सिलोनाले जित्यो कोपा डेल रेको उपाधि

वि.सं.२०८२ वैशाख १४ आइतवार १२:५७

एजेन्सी: रियल म्याड्रिडलाई हराउँदै बार्सिलोनाले कोपा डेल रेको उपाधि जितेको...

राष्ट्रिय फोटो पत्रकार समूह (एनएफएपिजे) नेपालद्वारा आयोजित “पाँचौं राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५” कार्यक्रमका झलकहरु

राष्ट्रिय फोटो पत्रकार समूह (एनएफएपिजे) नेपालद्वारा आयोजित “पाँचौं राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५” कार्यक्रमका झलकहरु

वि.सं.२०८२ वैशाख १४ आइतवार १२:०६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफएपिजे) नेपालद्वारा आयोजित “पाँचौं राष्ट्रिय...

‘पाँचौं राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५’ सम्पन्न, ८ विधा र ७ प्रदेशका उत्कृष्ट फोटो पत्रकारहरुले जित अवार्ड

‘पाँचौं राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५’ सम्पन्न, ८ विधा र ७ प्रदेशका उत्कृष्ट फोटो पत्रकारहरुले जित अवार्ड

वि.सं.२०८२ वैशाख १४ आइतवार ११:४७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफएपिजे) नेपालद्वारा आयोजित “पाँचौं राष्ट्रिय...

हेर्नुहोस् आज २०८२ बैशाख १३ गते शनिबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८२ बैशाख १३ गते शनिबार तपाईको राशिफल

वि.सं.२०८२ वैशाख १३ शनिवार ०५:५०

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...

शिक्षकको माग सम्बोधन गर्न सरकारलाई दबाब

शिक्षकको माग सम्बोधन गर्न सरकारलाई दबाब

वि.सं.२०८२ वैशाख १२ शुक्रवार १६:४५

काठमाडौं: २४ दिनदेखि काठमाडौंमा आन्दोलनरत शिक्षकको माग सम्बोधन गर्न सरकारलाई...

न्यूनतम पारिश्रमिकको माग राखेर चिकित्सकहरू आन्दोलित

न्यूनतम पारिश्रमिकको माग राखेर चिकित्सकहरू आन्दोलित

वि.सं.२०८२ वैशाख १२ शुक्रवार १४:५१

काठमाडौं: न्यूनतम पारिश्रमिकको माग राखेर आन्दोलनरत चिकित्सकहरूले शुक्रबार माइतीघरदेखि नयाँ...