YouTube Link

आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा बंगलादेशको शानदार जित

Khanepani Dhal
Facebook Link

एजेन्सी: आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा बंगलादेशले वेष्ट इण्डिजलाई पराजित गरेको छ । टाउनटनमा सोमबार भएको खेलमा बंगलादेशले उपाधि दाबेदार वेष्ट इण्डिजलाई ७ विकेटले पराजित गरेको हो । कोपर एसोसियट्स काउन्टी मैदानमा वेष्ट इण्डिजले दिएको ३२२ रनको लक्ष्य बंगलादेशले ४१ ओभर ३ बलमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो । बंगलादेशको जितमा शकिब अल हसनले अविजित रहँदै १२४ रनको शतकीय इनिङ्स खेले । उनले ९९ बलमा १६ चौका प्रहार गरे । शकिबको यो जारी विश्वकपमा दोस्रो शतक हो ।

यस्तै अर्धशतकीय इनिङ्स खेलेका लिटोन दास ९४ रनमा अविजित रहे । तमिम इकवालले ४८ तथा सौम्य सरकारले २९ रन बनाए । वेष्ट इण्डिजका आन्द्रे रसेल र ओसाने थोमसले १/१ विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको वेष्ट इण्डिजले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३२१ रन बनाएको थियो । वेष्ट इण्डिजका लागि साई होपले ९६ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै इभिन लुइसले ७० तथा सिम्रन हिट्मायरले ५० रनको अर्धशतकीय इनिङ्स खेले । बंगलादेशका मुस्थाफिजुर रहमान र महमद सैफदिनले समान ३/३ विकेट हात पारे । यस्तै शाकिब अल हसन २ विकेट लिए । वेष्ट इण्डिजलाई हराएसंगै बंगलादेशले प्रतियोगितामा दोस्रो जित निकालेको छ ।

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
समुह चरणको अन्तिम खेलमा नेपाल र भारत भिड्दै

समुह चरणको अन्तिम खेलमा नेपाल र भारत भिड्दै

वि.सं.२०८२ वैशाख ३० मंगलवार १३:४८

काठमाडौं: भारतमा जारी साफ यु-१९ च्याम्पियनसिप अन्तर्गत आज समुह चरणको...

चौथो उपत्यकाव्यापी क्वान स्तरीय खुल्ला जुनियर उसु प्रतियोगितामा इष्टपोल एकेडेमी टिम प्रथम

चौथो उपत्यकाव्यापी क्वान स्तरीय खुल्ला जुनियर उसु प्रतियोगितामा इष्टपोल एकेडेमी टिम प्रथम

वि.सं.२०८२ वैशाख ३० मंगलवार १३:२७

काठमाडौं: जोरपाटी उसु क्वानको आयोजना तथा गोकर्णेश्वर नगरपालिकाको आर्थिक सहयोगमा...

नेपालले पहिलो खेल श्रीलंकासँग खेल्दै

नेपालले पहिलो खेल श्रीलंकासँग खेल्दै

वि.सं.२०८२ वैशाख २८ आइतवार ११:१२

काठमाडौं: नेपालले साफ यु-१९ च्याम्पियनसिपको पहिलो खेल श्रीलंकासँग खेल्दैछ ।...

नेपालले हङकङसँग खेल्दै प्रतियोगिता सुरु गर्दै

नेपालले हङकङसँग खेल्दै प्रतियोगिता सुरु गर्दै

वि.सं.२०८२ वैशाख २६ शुक्रवार ०८:२६

काठमाडौं: आइसिसी महिला टी-२० विश्वकप एसियाली क्षेत्रको छनोट प्रतियोगिता शुक्रबारदेखि...

त्रिवि क्रिकेट मैदानमा निर्माणको काम धमाधम हुँदै, फ्लडलाइट र १० हजार सिट क्षमताको प्यारापिट निर्माण हुँदै

त्रिवि क्रिकेट मैदानमा निर्माणको काम धमाधम हुँदै, फ्लडलाइट र १० हजार सिट क्षमताको प्यारापिट निर्माण हुँदै

वि.सं.२०८२ वैशाख २५ बिहीवार ११:०३

काठमाडौं: कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा फ्लडलाइट र प्यारापिट निर्माणको कामहरु...

रियल म्याड्रिडलाई हराउँदै बार्सिलोनाले जित्यो कोपा डेल रेको उपाधि

रियल म्याड्रिडलाई हराउँदै बार्सिलोनाले जित्यो कोपा डेल रेको उपाधि

वि.सं.२०८२ वैशाख १४ आइतवार १२:५७

एजेन्सी: रियल म्याड्रिडलाई हराउँदै बार्सिलोनाले कोपा डेल रेको उपाधि जितेको...