अमेरिकाले खाडीमा थप एक हजार सेना पठाउने
वि.सं.२०७६ असार ३ मंगलवार ०९:१७
783
sharesएजेन्सी: अमेरिकाले इरानसँग तनाव बढ्दै गएपछि खाडी क्षेत्रमा थप एक हजार सेना पठाउने भएको छ । कार्यवाहक अमेरिकी रक्षामन्त्री प्याट्रिक शनाहनले इरानको पछिल्लो व्यवहारका कारण अमेरिकी सेना थप्न लागिएको जनाएका छन् ।
ओमानको खाडीमा गएको बिहीबार दुईवटा तेल ट्यांकरमाथि आक्रमण भएको घटनालाई लिएर अमेरिका र इरानबीच अहिले भनाभनको अवस्था रहेको छ । अघिल्लो महिनापनि चारवटा जहाजमा युनाइटेड अरब इमिरेट्सको बन्दरगाहमा आक्रमण भएपछि अमेरिका र इरानबीच तनाव उत्पन्न भएको थियो । पछिल्लो विवादपछि इरानले सोमबार मात्रै आफू सन् २०१५ मा भएको आणविक लक्ष्य सम्बन्धी सहमति पालना गर्न बाध्य नरहेको चेतावनी दिएको बीबीसीले जनाएको छ ।
वि.सं.२०७६ असार ३ मंगलवार ०९:१७