YouTube Link

कोपा अमेरिका फुटबलमा उरुग्वेको सहज जित

Khanepani Dhal
Facebook Link

एजेन्सी: कोपा अमेरिका फुटबलमा उरुग्वेले इक्वेडरलाई ४-० गोल अन्तरले पराजित गर्दै शानदार सुरुवात गरेको छ ।

फरवार्डद्वय लुइस सुआरेज र एडिन्सन काभानीले गोल गरेपछि कोपा अमेरिका २०१९ अन्तर्गत समूह ‘सी’ को पहिलो खेलमा उरुग्वेले इक्वेडरमाथि फराकिलो जित निकालेको हो । अर्को गोल निकोलस लोदेईरोको नाममा रह्यो । पहिलो हाफमै ३-० ले अघि बढेको उरुग्वेले दोस्रो हाफमा एक गोल उपहार पाएको थियो ।

१० खेलाडीमा सिमित इक्वेडरमाथि उरुग्वेले सहज जित हात पारेको हो । २४ औ मिनेटमा जोसे किन्टोस रातो कार्ड खादै मैदान बाहिरिएपछि इक्वेडर १० खेलाडीमा सिमित भएको थियो । लोदेईरोले खेलको छैटौ मिनेटमा उरुग्वेलाई अग्रता दिलाएका थिए । ३३ औ मिनेटमा काभानीले उरुग्वेको अग्रतालाई दोब्बर पारेका थिए । ४४ औ मिनेटमा स्वारेजले उरुग्वेलाई ३-० को स्थितीमा पुर्याएका थिए । अतुर्रो मिनाले ७८ औ मिनेटमा आत्मघाति गोल गरेपछि उरुग्वे ४-० विजयी बनेको थियो । त्यसैगरी गएराति नै भएको अर्को खेलमा कतार र पाराग्वेले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
न्यूरोड टिम एनआरटी र फ्रेन्ड्स क्लब भिड्दै

न्यूरोड टिम एनआरटी र फ्रेन्ड्स क्लब भिड्दै

वि.सं.२०८१ माघ १३ आइतवार ११:१६

काठमाडौं: नेपाली काँग्रेस लोकतान्त्रिक खेलकुद सङ्घ महाधिवेशन निर्देशन समितिको आयोजनामा...

सभापति कपमा आज मच्छिन्द्र र एपीएफ भिड्दै

सभापति कपमा आज मच्छिन्द्र र एपीएफ भिड्दै

वि.सं.२०८१ माघ ११ शुक्रवार ११:०२

काठमाडौं: सभापति कप फुटबल प्रतियोगिता अन्तर्गत आज विभागीय क्लब एपीएफ...

नेपालले आज घरेलु टोली मलेसियासँग खेल्दै

नेपालले आज घरेलु टोली मलेसियासँग खेल्दै

वि.सं.२०८१ माघ ११ शुक्रवार १०:३५

काठमाडौं: आइसिसी यु-१९ महिला विश्वकपमा नेपालले आज घरेलु टोली मलेसियासँग...

डेब्यू खेलमा नेपाल बंगलादेशसँग ५ विकेटले पराजित

डेब्यू खेलमा नेपाल बंगलादेशसँग ५ विकेटले पराजित

वि.सं.२०८१ माघ ५ शनिवार १५:१०

काठमाडौं: आइसीसी यू-१९ महिला टी-२० विश्वकप क्रिकेट प्रतियोगितामा नेपालले डेब्यू...

नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ स्मृति मिडियाकप फुटसल प्रतियोगिता आज

नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ स्मृति मिडियाकप फुटसल प्रतियोगिता आज

वि.सं.२०८१ पुस १० बुधवार ०७:३५

काठमाडौं: नेवाः पत्रकार दबुको आयोजनामा नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष...

अग्रता जोगाउन नसक्दा नेपाल भुटानसँग बराबरीमा रोकियो

अग्रता जोगाउन नसक्दा नेपाल भुटानसँग बराबरीमा रोकियो

वि.सं.२०८१ पुस ७ आइतवार १६:२३

काठमाडौं: नेपालको महिला यू-१९ राष्ट्रिय टोली र भुटानको महिला यू-१९...