Texas College
YouTube Link

आईसीसी एक दिवसीय विश्वकप क्रिकेटमा भारतको तेस्रो जित

Facebook Link

एजेन्सी: आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा भारतले तेस्रो जित निकालेको छ । पाकिस्तानलाई डीएल पद्दतिको आधारमा ८९ रनले पराजित गर्दै भारतले तेस्रो जित निकालेको हो ।

ओल्ड ट्राफोर्डमा भारतले दिएको ३३७ रनको लक्ष्यसहित पाकिस्तानले जवाफी ब्याटिङ गरिरहदा वर्षाको कारण खेल केहि समय रोकिएको थियो । वर्षाले प्रभावित गरेपछि खेल ४० ओभरमा झारिएको थियो र डीएल पद्दतिको आधारमा पाकिस्तानले ३०२ रनको नयाँ लक्ष्य पाएको थियो । भारतले दिएको नयाँ लक्ष्यसहित ब्याटिङ गरेको पाकिस्तानले पुरै ४० ओभर खेल्दै ६ विकेट गुमाएर २१२ रन मात्र बनाउन सक्यो ।

त्यसअघि वर्षाले खेल रोकिनुअघि पाकिस्तानले ३५ ओभरमा ६ विकेट गुमाएर १६६ रन बनाएको थियो । पाकिस्तानका लागि फकर जमानले ६२ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै बाबर आजमले ४८ तथा इमाद वासिमले अविजित ४६ रन बनाए । शादब खान २० रनमा अविजित रहे ।

भारतका विजय शंकर, हार्दिक पाण्डया र कुलदिप यादवले २/२ विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ३३६ रन बनाएको थियो । भारतका लागि ओपनर रोहित शर्माले १४० रनको शतकीय इनिङस खेले । उनले पहिलो विकेटका लागि लोकेश राहुलसंग १३६ रनको साझेदारी गरे । यस्तै कप्तान विराट कोहलीले ७७ रनको अर्धशतकीय इनिङ्स बनाए । त्यस्तै हार्दिक पाण्ड्या २६, महेन्द्र सिंह धोनी १ रन बनाएर आउट भए । पाकिस्तानका मोहमद आमिरले ३ विकेट हात पारे । १० ओभर बलिङ गरेका उनले १ मेडन सहित ३ विकेट लिन ४७ रन खर्चिए । यस्तै हसन अलि र वहाव रियाजले समान १-१ विकेट हात पारे ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
करण केसीलाई एक खेल प्रतिबन्ध सहित म्याच शूल्य जरिवाना

करण केसीलाई एक खेल प्रतिबन्ध सहित म्याच शूल्य जरिवाना

वि.सं.२०८२ चैत २९ आइतवार १३:१२

काठमाडौं: नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल पुलिस क्लबका तीव्र...

प्रीति राईले क्याम्बोडियन महिला लिग खेल्ने

प्रीति राईले क्याम्बोडियन महिला लिग खेल्ने

वि.सं.२०८२ चैत २४ मंगलवार ०९:४३

काठमाडौं: नेपाल महिला राष्ट्रिय फुटबल टोलीकी मिडफिल्डर प्रीति राईले क्याम्बोडियन...

न्यूजिल्याण्डको अकल्याण्डमा साम्बाको भयो घुँडाको शल्यक्रिया

न्यूजिल्याण्डको अकल्याण्डमा साम्बाको भयो घुँडाको शल्यक्रिया

वि.सं.२०८२ चैत ११ बुधवार ११:०२

काठमाडौं: नेपाली राष्ट्रिय फुटबल टिमकी कप्तान स्टार स्ट्राइकर सावित्रा भण्डारी...

नेपाल र हङकङबीचको मैत्रीपूर्ण खेल रद्द, राखेप र एन्फाबी दोषारोपण

नेपाल र हङकङबीचको मैत्रीपूर्ण खेल रद्द, राखेप र एन्फाबी दोषारोपण

वि.सं.२०८२ चैत ९ सोमवार ०९:५३

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा) ले यहि चैत १२...

दक्षिण अफ्रिका र न्युजिल्याण्डबीचको पहिलो सेमिफाइनल आज

दक्षिण अफ्रिका र न्युजिल्याण्डबीचको पहिलो सेमिफाइनल आज

वि.सं.२०८२ फागुन २० बुधवार १४:३०

काठमाडौं: आईसीसी टी-२० विश्वकप अन्तर्गत सेमिफाइनलको पहिलो खेलमा आज दक्षिण...

‘साम्बा’द्वारा उपचारका लागि सहयोग आह्वान

‘साम्बा’द्वारा उपचारका लागि सहयोग आह्वान

वि.सं.२०८२ फागुन ११ सोमवार १६:१४

काठमाडौं । राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी (साम्बा)...