सरकारले दियो रामनवमी पर्वको अवसरमा देशभर सार्वजनिक बिदा

वि.सं.२०७८ चैत २६ शनिवार १४:३५

काठमाडौं: सरकारले आइतबार रामनवमी पर्वको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
यही चैत २४ गते बसेको मन्त्रिपरिषद बैठकको निर्णयानुसार आइतबारका लागि सबै सरकारी कार्यालय, सरकारी निकायलाई सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
यसअघि राम नवमीको अवसरमा मधेश प्रदेश सरकारले प्रदेशभर सार्वजनिक विदा दिने निर्णय गरेको थियो ।

वि.सं.२०७८ चैत २६ शनिवार १४:३५