Rajshow Bivag

सामाजिक सञ्जालमा गभर्नर हटाउने निर्णयले तरंग

Departmant of helth services

 

काठमाडौं: अर्थतन्त्र कमजोर बनाउन भूमिका खेलेको, महत्वपूर्ण सूचना चुहाएको र पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा काम गरेर सरकारलाई असफल बनाउन लागिपरेको आरोपमा सरकारले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि छानबिन सुरु गरेको छ ।

 

बिहीबारको मन्त्रिपरिषद्‌ बैठकले अधिकारीमाथि छानबिन गर्न जाँचबुझ समिति गठन गर्ने निर्णय गरेपछि उनी स्वत: निलम्बनमा परेका छन् ।

 

गभर्नर अधिकारीलाई निलम्बन गर्ने निर्णयले राजनीतिकसँगै अन्य क्षेत्रमा पनि तरंग ल्याइदिएको छ । विपक्षी दल नेकपा एमालेका नेताहरुले अर्थमन्त्री जनार्दन शर्माले आफ्नो अक्षमता लुकाउन गभर्नर अधिकारीमाथि कारबाही गरिएको आरोप लगाएका छन् ।

 

यस्तै, चुनावको मुखमा गभर्नर निलम्बन गर्ने निर्णय सत्तारुढ गठबन्धनकै लागि प्रत्युत्पादक हुने पनि कतिपयको विश्लेषण छ ।

 

नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले  आफ्नो अक्षमता छोप्न गभर्नरमाथि कारबाही गरिएको टिप्पणी गरेका छन् ।

 

एमालेकै केन्द्रीय सदस्य एवम् प्रचार विभाग उपप्रमुख विष्णु रिजालले गभर्नर अधिकारीलाई निलम्बन गर्ने निर्णयलाई  ‘टाउको दुखेको औषधी नाइटोमा’ लगाएको भन्दै टिप्पणी गरेका छन् ।

 

राप्रपा नेपालका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री कमल थापाले अर्थतन्त्र कमजोर बन्दै गइरहेको अवस्थामा हचुवाको भरमा गभर्नरलाई निलम्बन गर्ने सरकारको निर्णय अदूरदर्शी रहेको टिप्पणी गरेका छन् ।

 

‘अर्थतन्त्र कमजोर बन्दै गइरहेको अवस्थामा हचुवाको भरमा नेपाल राष्ट्र बैंकको गभर्नरलाई निलम्बन गर्ने सरकारको निर्णय अदूरदर्शी गैरजिम्मेवार र निन्दनीय छ । यसले समग्र आर्थिक क्षेत्रमा गलत सन्देश प्रवाहित भएको छ । यो निर्णय तत्काल सच्याउनु राम्रो हुन्छ । प्रम शेरबहादुर देउवाको ध्यान जाओस्, ‘थापाले सामाजिक सञ्जालमा लेखेका छन् ।

 

विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले हुँदाहुँदा अब राष्ट्र बैंक पनि प्रत्यक्ष राजनीतिक हस्तक्षेपमा परेको टिप्पणी गरेका छन् ।

 

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
कतारका राजा अमिर र प्रधानमन्त्री प्रचण्डबीच द्विपक्षीय वार्ता हुँद

कतारका राजा अमिर र प्रधानमन्त्री प्रचण्डबीच द्विपक्षीय वार्ता हुँद

वि.सं.२०८१ वैशाख १२ बुधवार ०७:३९

  काठमाडौं: नेपाल भ्रमणमा रहेका कतारका राजा अमिर शेख तमिम...

हेर्नुहोस् आज २०८१ बैशाख १२ गते बुधबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ बैशाख १२ गते बुधबार तपाईको राशिफल

वि.सं.२०८१ वैशाख १२ बुधवार ०७:१७

    मेष - Aries चु, चे, चो, ला, लि,...

जलवायु परिवर्तनको असरले विश्व नै समस्यामा परेको र यसका लागि न्यूनिकरण सम्बन्धी साझा चासोको मुद्दामा सहकार्य गर्न जोड

जलवायु परिवर्तनको असरले विश्व नै समस्यामा परेको र यसका लागि न्यूनिकरण सम्बन्धी साझा चासोको मुद्दामा सहकार्य गर्न जोड

वि.सं.२०८१ वैशाख ११ मंगलवार १८:१९

  काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई सुरक्षित राख्ने,...

राष्ट्रपति पौडेल र कतारका राजा अमिरबीच भेटवार्ता

राष्ट्रपति पौडेल र कतारका राजा अमिरबीच भेटवार्ता

वि.सं.२०८१ वैशाख ११ मंगलवार १७:४२

  काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेल र कतारका राजा अमिर शेख...

राष्ट्रपतिद्वारा कतारका राजा अमिरलाई विमानस्थलमा स्वागत

राष्ट्रपतिद्वारा कतारका राजा अमिरलाई विमानस्थलमा स्वागत

वि.सं.२०८१ वैशाख ११ मंगलवार १७:१०

  काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा कतारका राजा अमिर...

कतारका राज अमिर शेख आज नेपाल आउँदै, यस्तो छ राजाको भ्रमण तालिका, सेनाले लिने छ सुरक्षाको नेतृत्व

कतारका राज अमिर शेख आज नेपाल आउँदै, यस्तो छ राजाको भ्रमण तालिका, सेनाले लिने छ सुरक्षाको नेतृत्व

वि.सं.२०८१ वैशाख ११ मंगलवार १३:००

  काठमाडौं: नेपालसँग कूटनीतिक, आर्थिक एवं जनसम्बन्ध समेत रहेको मित्रराष्ट्र...