YouTube Link

सामाजिक सञ्जालमा गभर्नर हटाउने निर्णयले तरंग

Facebook Link

 

काठमाडौं: अर्थतन्त्र कमजोर बनाउन भूमिका खेलेको, महत्वपूर्ण सूचना चुहाएको र पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा काम गरेर सरकारलाई असफल बनाउन लागिपरेको आरोपमा सरकारले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि छानबिन सुरु गरेको छ ।

 

बिहीबारको मन्त्रिपरिषद्‌ बैठकले अधिकारीमाथि छानबिन गर्न जाँचबुझ समिति गठन गर्ने निर्णय गरेपछि उनी स्वत: निलम्बनमा परेका छन् ।

 

गभर्नर अधिकारीलाई निलम्बन गर्ने निर्णयले राजनीतिकसँगै अन्य क्षेत्रमा पनि तरंग ल्याइदिएको छ । विपक्षी दल नेकपा एमालेका नेताहरुले अर्थमन्त्री जनार्दन शर्माले आफ्नो अक्षमता लुकाउन गभर्नर अधिकारीमाथि कारबाही गरिएको आरोप लगाएका छन् ।

 

यस्तै, चुनावको मुखमा गभर्नर निलम्बन गर्ने निर्णय सत्तारुढ गठबन्धनकै लागि प्रत्युत्पादक हुने पनि कतिपयको विश्लेषण छ ।

 

नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले  आफ्नो अक्षमता छोप्न गभर्नरमाथि कारबाही गरिएको टिप्पणी गरेका छन् ।

 

एमालेकै केन्द्रीय सदस्य एवम् प्रचार विभाग उपप्रमुख विष्णु रिजालले गभर्नर अधिकारीलाई निलम्बन गर्ने निर्णयलाई  ‘टाउको दुखेको औषधी नाइटोमा’ लगाएको भन्दै टिप्पणी गरेका छन् ।

 

राप्रपा नेपालका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री कमल थापाले अर्थतन्त्र कमजोर बन्दै गइरहेको अवस्थामा हचुवाको भरमा गभर्नरलाई निलम्बन गर्ने सरकारको निर्णय अदूरदर्शी रहेको टिप्पणी गरेका छन् ।

 

‘अर्थतन्त्र कमजोर बन्दै गइरहेको अवस्थामा हचुवाको भरमा नेपाल राष्ट्र बैंकको गभर्नरलाई निलम्बन गर्ने सरकारको निर्णय अदूरदर्शी गैरजिम्मेवार र निन्दनीय छ । यसले समग्र आर्थिक क्षेत्रमा गलत सन्देश प्रवाहित भएको छ । यो निर्णय तत्काल सच्याउनु राम्रो हुन्छ । प्रम शेरबहादुर देउवाको ध्यान जाओस्, ‘थापाले सामाजिक सञ्जालमा लेखेका छन् ।

 

विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले हुँदाहुँदा अब राष्ट्र बैंक पनि प्रत्यक्ष राजनीतिक हस्तक्षेपमा परेको टिप्पणी गरेका छन् ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...