YouTube Link

फिफा विश्वकप २०२२ कतार ‘ड्र’ सार्वजनिक, उद्घाटन खेलमा आयोजक कतार र इक्वेडरबीच प्रतिस्पर्धा

Facebook Link

 

काठमाडौं: फिफा विश्वकप २०२२ कतार अन्तर्गत समूह चरणमा पूर्व विश्वकप विजेता स्पेन र जर्मनी एकै समूहमा परेका छन् ।

 

कतारको दोहामा शुक्रबार एक कार्यक्रमकोबीच विश्वकपको समूह चरणको समूह विभाजन सार्वजनिक गरिएको हो ।

 

फिफाले विश्वकपमा सहभागी हुने ३२ राष्ट्रलाई वरीयता क्रममा राखेर ‘ड्र’ गरेको हो । कतार विश्वकप आगामी नोभम्बर २१ देखि डिसेम्बर १८ सम्म आयोजना हुनेछ ।

 

सार्वजनिक ड्र अनुसार साविक विजेता फ्रान्स समूह ‘डी’ मा परेको छ ।

 

यस समूहमा फ्रान्ससँगै डेनमार्क, ट्युनिसिया र प्ले अफबाट आउने एक टोली रहनेछ । यस समूहमा युएई, अष्ट्रेलिया र पेरु मध्ये एक टोली आउने छन् ।

 

यस्तै उपाधि दाबेदार स्पेन र जर्मनी एकै समूहमा परेका छन् । यस समूह ‘ई’ मा स्पेन, जर्मनी र जापान छन् । यस्तै कोस्टारिका र न्युजिल्याण्डबीचको विजेता यस समूहमा हुने छन् ।

 

अर्जेन्टिना समूह ‘सी’ मा रहेका छन् । यस समूहमा अर्जेन्टिना, मेक्सिको, पोल्याण्ड, साउदी अरेबिया छन् ।

 

पोर्चुगल सहज समूह ‘एच’ मा परेको छ । यस समूहमा पोर्चुगल, उरुग्वे, दक्षिण कोरिया र घाना छन् ।

 

ब्राजिल समूह ‘जी’ मा रहेको छ । यस समूहमा स्विजरल्याण्ड, सर्बिया र क्यामरुन छन् ।

 

आयोजक कतार समूह ‘ए’ मा पर्दा इंग्ल्यान्ड समूह ‘बी’ मा छन् ।

 

उद्घाटन खेलमा आयोजक कतारले इक्वेडरसँग प्रतिस्पर्धा गर्ने छन् ।

 

कुन समूहमा कुन राष्ट्र ?

समूह A – कतार, नेदरल्याण्ड, सेनेगल, इक्वेडर

समूह B – इंग्ल्यान्ड, अमेरिका, इरान, (वेल्स/युक्रेन/स्कटल्याण्ड)

समूह C – अर्जेन्टिना, मेक्सिको, पोल्याण्ड, साउदी अरेबिया

समूह D – फ्रान्स, डेनमार्क, ट्युनिसिया, (युएई/अष्ट्रेलिया/पेरु)

समूह E – स्पेन, जर्मनी, जापान, (कोस्टारिका/न्युजिल्याण्ड)

समूह F – बेल्जियम, क्रोएसिया, मोरक्को, क्यानडा

समूह G – ब्राजिल, स्विजरल्याण्ड, सर्बिया, क्यामरुन,

समूह H – पोर्चुगल, उरुग्वे, दक्षिण कोरिया, घाना

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...