YouTube Link

बंगलादेशलाई हराउँदै न्युजिल्याण्डको लगातार दोस्रो जित

Facebook Link

एजेन्सी: इंग्ल्याण्डमा जारी १२औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा न्युजिल्याण्डले लगातार दोस्रो जित हात पारेको छ । बंगलादेशलाई २ विकेटले पराजित गर्दै न्युजिल्याण्डले दोस्रो जित निकालेको हो ।

बंगलादेशले दिएको २४५ रनको मध्यम लक्ष्य न्युजिल्याण्डले ४७ ओभर १ बलमा ८ विकेट गुमाएर पुरा गर्यो । न्युजिल्याण्डको जितमा रोस टेलरले सर्वाधिक ८२ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै कप्तान केन विलियमसनले ४० तथा मार्टीन गुप्टिलले २५ र कोलिन मुन्रोले २४ रन बनाए । बंगलादेशका हसन मिराज, शाकिब अल हसन,मोहमद साईफुदीन र मोसाडेक होसेनले २/२ विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले ४९ ओभर २ बलमा अलआउट हुँदै २४४ रन बनाएको थियो । बंगलादेशको लागि शाकिब अल हसनले ६४ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै मोहमद साईफुदीनले २९, मोहमद मिथुनले २६, सोम्य सरकारले २५ तथा तमिम इकबालले २४ रन बनाए । न्युजिल्याण्डका लागि म्याट हेनरीले ४ तथा ट्रेन्ड बोल्टले २ विकेट लिए । जितसंगै न्युजिल्याण्डले २ खेलबाट ४ अंक जोडेको छ । र, न्युजिल्याण्ड शीर्ष स्थानमा उक्लिएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

वि.सं.२०८३ साउन ४ सोमवार १५:२८

काठमाडौं: फिफा विश्वकप फुटबल २०२६ को अवसर पारेर बक्स अफिस...

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

वि.सं.२०८३ साउन ४ सोमवार १३:००

काठमाडौं: साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले १६...

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:२४

काठमाडौं: जारी फिफा विश्वकप २०२६ को सेमिफाइनलमा इङ्ल्यान्डलाई रोमाञ्चक तथा...

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:०५

काठमाडौं: साबिक विजेता अर्जेन्टिना जारी फिफा विश्वकप २०२६ को फाइनलमा...

अर्जेन्टिना भर्सेज इङ्गल्यान्ड कसले मार्ला बाजी ?

अर्जेन्टिना भर्सेज इङ्गल्यान्ड कसले मार्ला बाजी ?

वि.सं.२०८३ असार ३१ बुधवार १४:२३

काठमाडौं: जारी फिफा विश्वकप-२०२६ अन्तर्गत आज राति अर्जेन्टिना र इङ्गल्यान्डबीच...

स्पेन र फ्रान्सबीचको पहिलो सेमिफाईनल भिडन्त

स्पेन र फ्रान्सबीचको पहिलो सेमिफाईनल भिडन्त

वि.सं.२०८३ असार ३० मंगलवार ११:५०

काठमाडौं: जारी फिफा विश्वकप फुटबल-२०२६ को पहिलो सेमिफाइनलमा आज राति...