YouTube Link

पशुपतिनाथ मन्दिरको अर्बौंको सम्पत्ति सार्वजनिक

Nepali Sena Suvakamana Dashain
Facebook Link

काठमाडौं: पशुपतिनाथ मन्दिरको खर्बौ रुपैयाँ बराबरको चलअचल सम्पत्ति विवरण सार्वजनिक गरिएको छ । पशुपति क्षेत्र विकास कोषले मन्दिरको सम्पत्ति तथा गुठी जग्गाको विवरण पत्ता लगाउत गठन गरेको छानबिन समितिले सो कुरा बाहिर ल्याएको हो ।

पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष तथा छानबिन समितिका संयोजक मिलन कुमार थापाले पशुपति मन्दिरको नाममा एक अर्ब २९ करोड ३८ लाख ३१ हजार २ सय १५ रुपैयाँ ५२ पैसा नगद सहित एक हजार ४४ दशमलभ ६४ ग्राम अर्थात् ८९ दशमलभ ५६ तोला सुन र एक लाख ४१ हजार एक सय २८ दशमलभ ७५ ग्राम (१२ हजार ९९ दशमलभ ७१ तोला) चाँदी जिन्सी सम्पत्ति रहेको विवरण सहितको प्रतिवेदन सार्वजनिक गरे ।

बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उनले पशुपति मन्दिरको अचल सम्पत्तिको रुपमा विभिन्न क्षेत्रमा गरि करिब ६ हजार ७ सय रोपनीको हाराहारीमा जग्गा रहेको पनि जानकारी दिए । हालसम्म कोषमा दाखिला दर्ता रहेको मन्दिरको संरक्षण तथा गुठीको जग्गा ३ हजार ६ सय ६७ रोपनी, ४ आना ३ दाम (३६६७–४–३–०) रहेको र २ सय ३१ रोपनी १० आना एक पैसा (२३१–१०–०–१) दर्ता हुन बाँकी रहेको प्रतिवेदनले देखाएको छ ।

यसको अलवा पशुपति विकास कोषकै एक हजार एक सय ६१ रोपनी १४ आना ३ दाम क्षेत्रफलको जग्गा त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल र गल्फ कोर्षलाई ९९ वर्षका लागि भाडामा दिएको बताइएको छ । त्यस्तै कोषको करिब १७ रोपनी जग्गा भने मोहीको रुपमा तारागाउँ रिजेन्सी होटलले भोगचलन गरिरहेको समेत प्रतिवेदनमा खुलाइएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

वि.सं.२०८३ कात्तिक ७ शनिवार १३:४५

विश्वविख्यात महान फुटबल खेलाडी लियोनेल मेस्सीले स्पेनको प्रतिष्ठित 'प्रिन्सेस अफ...

नेपाल सरकारका साइट डाउन गर्ने PHP के हो ?

नेपाल सरकारका साइट डाउन गर्ने PHP के हो ?

वि.सं.२०८३ कात्तिक ५ बिहीवार १३:५१

वेबसाइट निर्माणमा व्यापक रूपमा प्रयोग हुने प्रोग्रामिङ भाषा PHP मा...

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वि.सं.२०८३ असोज ३० शुक्रवार १७:०४

गृहमन्त्री सुधन गुरुङले देशमा शान्ति-सुरक्षा कायम गर्ने एवम् अपराध नियन्त्रण...

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:४५

दशै नेपालीहरुको एक महत्वपूर्ण सांस्कृतिक पर्व हो । यसले असत्यमाथि...

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:०९

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित...

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

वि.सं.२०८३ असोज २७ मंगलवार १७:३१

काठमाडौं: नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ कार्यसमितिका लागि भएको चुनावमा...