YouTube Link

पुष्पलाल ब्याडमिन्टनलाई लिनिङ्गको साथ

Facebook Link

 

काठमाडौं: ११औं पुष्पलाल स्मृती रयाङकीङ्ग राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितालाई खेल सामाग्री उत्पादक संस्था लिनिङ्गले साथ दिने भएको छ ।

 

लिनिङ्गको मुख्य प्रायोजन पश्चात प्रतियोगिताको नाम लिनिङ्ग ११औं पुष्पलाल स्मृती रयाङकीङ्ग राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ ।

 

यस प्रतियोगितालाई लामो समयदेखि ब्याडमिन्टन खेलमा स्थापित ब्राण्ड योनेक्सले प्रायोजन गर्दै आईरहेको थियो ।

 

प्रतियोगितालाई लिनिङ्गले साथ दिने सम्झौता भएको राष्ट्रिय ब्याडमिन्टन संघका अध्यक्ष बिरेन्द्र श्रेष्ठले जानकारी गराए ।

 

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलालको सम्झनामा २०६७ साल देखि नेपाल खेलकुद महासंघ अन्तरगतको राष्ट्रिय ब्याडमिन्टन संघले आयोजना गर्दै आईरहेको प्रतियोगितालाई नखिपोट युथ क्लब –ब्याडमिन्टन सर्कलले साथ दिंदै संयुक्त आयोजकको रुपमा आफुलाई उभ्याएको छ ।

 

प्रतियोगिताको छिटपुट बाहेक अन्य सम्पूर्ण तयारी पुरा भएको संघका महासचिव सुनिल मान शाक्यले जानकारी गराएका छन् ।

 

ललितपुर जिल्लाको नखिपोटमा आयोजना हुने प्रतियोगिता फागुण ३ गते देखि ७ गते सम्म संचालन हुने छ ।

 

नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोगमा हुने प्रतियोगितामा संघ संग आबद्ध ४७ जिल्ला, नेपाली सेना, नेपाल पुसिल र नेपाल एपिएफ क्लब गरि ५० संस्थाका खेलाडीहरुले सहभागिता जनाउने छन् । प्रतियोगितामा पुरुष एकल (राष्ट्रिय बरियतामा १६ औं स्थानमा रहेका), पुरुष एकल (१६ औ बरियता देखि बाहेकका), पुरुष युगल (खुला), महिला एकल (राष्ट्रिय बरियतामा १२ औं स्थानमा रहेका), महिला एकल (१२ औं बरियता देखि बाहेकका), महिला युगल (खुला), यु १७ महिला तथा पुरुष एकल (खुला), भेट्रान्स ४५ बर्ष माथि र मास्टर्स ५५ बर्ष माथि (खुला) गरि १० बिधामा प्रतिस्पर्धा हुने भएको छ ।

 

कुल २१ लख ६० हजार लागत रहको प्रतियोगितामा पुरस्कार तर्फ ५ लाख ९८ हजार खर्च रहेको छ । लिग चरणको पुरुष एकल (राष्ट्रिय बरियतामा १६ औं स्थानमा रहेका) र महिला एकल (१२ औं स्थानमा रहेका) तर्फ प्रतिस्पर्धा गर्ने खेलाडीहरुले प्रतियोगितामा सहभागिता जनाए बापत नगद १५ सय प्राप्त गर्ने छन् ।

 

यस्तै लिग चरणमा बिजयी हुने प्रत्येक खेलाडीले थप १५ सय प्राप्त गर्ने छन् । यस्तै क्वाटरफाईनलमा विजयी हुने खेलाडीहरुले थप ८ हजार, सेमिफाईनलमा विजयी खेलाडीले थप १६ हजार प्राप्त गर्ने छन् ।

 

यसैगरि फाईनलमा बिजयी खेलाडीले थप २० हजार र उपबिजेता खेलाडीले थप ५ हजार प्राप्त गर्ने आयोजकले जनाएका छन् ।

 

यस्तै अन्य विधामा पुरुष एकल (उच्च १६ देखि बाहेक) र महिला एकल (उच्च १२ देखि बाहेक), पुरुष तथा महिला युगल, भेट्रान्स युगल ४५ बर्ष माथी र मास्टर्स युगल ५५ बर्ष माथिका बिजयीले क्रमश प्रथमले २० हजार, द्वितीयले १० हजार र तृतीयले ५ हजार नगद प्राप्त गर्नेछन् ।

 

यु-१७ पुरुष तथा महिला एकल तर्फ बिजयीले क्रमश प्रथमले १५ हजार, द्वितीयले ८ हजार र तृतीयले ४ हजार प्राप्त गर्नेछन् । यसका साथे बिजयीहरुले ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् ।

 

खेलाडीहरुको बिहानको खानाको ब्यवस्था आयोजकले गर्ने महासचिव शाक्यले जानकारी गराए ।

 

नेपालमा ब्याडमिन्टनको विकास र विस्तार गर्ने क्रममा खेलाडीहरुको बरियता निर्धारण गर्ने र सिमित मात्रामा भएपनि आर्थिक सहयोग होस भन्ने उद्धेश्यले प्रतियोगितामा सहभागिता जनाए बापत खेलाडीहरुले नगद प्राप्त गर्ने प्रावधानलाई प्रचलनमा ल्याउने राष्ट्रिय ब्याडमिन्टन संघ पहिलो संस्था हो ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...