YouTube Link

एमसीसीले गठबन्धनमा खटपट, किन गर्दैछन् प्रचण्ड-नेपाल छटपट ?

Facebook Link

 

काठमाडौं: यतिखेर अमेरिकी सहयोग परियोजनाका कारण यतिखेर सत्तागठबन्धनमा रहेका दलहरुबीच खटपट सिर्जना भईरहेको छ ।

 

सत्तारुढ दल नेपाली कांग्रेसको बिहीबार बसेको कार्यसम्पादन बैठकले एमसीसी परियोजना संसदबाट पारित गर्नेपर्ने निर्णय गरेको छ  ।

 

उता गठबन्धनकै साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल(प्रचण्ड) र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमसीसी यथास्थितिमा पारित गर्न नहुने अडान राखिराखेका छन् ।

 

यस्तो अवस्थामा एमसीसी पास गर्नका लागि प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सकस भईरहेको छ ।

 

प्रधानमन्त्री देउवाले गठबन्धन नै टुटेपनि एमसीसी संसदबाट पारित गराउने भित्री रणनीतिमा लागिरहेका छन् । उनलाई तगारो भने आफ्नै गठबन्धनभित्रका नेताहरुले हालिरहेका छन् ।

 

एउमसीसीकै विषयमा माओवादी केन्द्रका अध्यक्ष दाहालले एमसीसी मुख्यालयलाई पठाएको पत्र र उनले देखाएको द्वैध चरित्रका कारण माओवादी पार्टीभित्र पनि खैलाबैला मच्चिएको छ ।

 

उनको दुईजिब्रे कुराकै कारण मिडिया यो हप्ता प्रचण्डमय बन्यो ।

 

प्रधानमन्त्री देउवालाई अहिले एमसीसी पारित गर्नुको अर्को विकल्प देखिदैन । बिहीबार मात्र अमेरिकी विदेशमन्त्रीले एक खालको धम्कीकै भाषामा एमसीसी पास गराउन फोन गरेरै दबाब दिएका छन् ।

 

यो अवस्थामा देउवाले गठबन्धन टुटाएरै भएपनि एमसीसी पास गराउने पक्षमा देखिएका छन् भने त्यसको भित्री तयारी गरिरहेका छन् ।

 

गठबन्धन टुट्यो भने प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको साथ लिनुपर्ने अवस्था छ ।

 

यदि यस्तो अवस्था आयो भने आफूहरुको राजनीतिक भविष्य कमजोर हुने चिन्ता प्रचण्ड र नेपाललाई रहेको छ  ।

 

त्यही भएर पनि प्रधानमन्त्री देउवालाई घुक्र्याउने रणनीतिका साथ उनीहरु लागिरहेको स्पष्ट देख्न सकिन्छ  ।

 

प्रचण्ड नेपालको यो छटपटी कहिलेसम्म रहने हो हेर्न बाँकी छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...