YouTube Link

इङ्ल्याण्डलाई हराउँदै यु-१९ विश्वकप क्रिकेटको उपाधि भारतले जित्यो

Facebook Link

 

एजेन्सी: भारतले पाँचौ पटक यु-१९ विश्वकपको उपाधि जितेको छ ।

 

इङ्ल्याण्डबिरुद्ध १९० रनको लक्ष्य पछ्याएको भारतले ४७.४ ओभरमा ६ विकेट गुमाउँदै उपाधि रक्षा गरेको हो ।

 

भारतको जितमा उपकप्तान शेख रशीद र अलराउण्डर निशान्त सिन्धुले अर्धशतकीय पारि खेले ।

 

भारतका लागि राशिदले ८४ बलमा ६ चौकासहित ५० रन जोड्दा ५४ बल खेलेका सिन्धु ५ चौका र १ छक्कासहित ५० रनमा नटआउट रहे। राज बावाले ३५ रन जोड्दा हार्नुर सिंहले २१ तथा कप्तान धुलले १७ रन जोडे ।

 

इङ्ल्याण्डका लागि जोश्ना बोयडेन, जामेश शेल्स र तोमास आस्पिनवालले समान २-२ विकेट लिए ।

 

यसअघि सर विवियन रिचर्ड्स क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको इङ्ल्याण्डले निर्धारित ५० ओभरको खेलमा ४४.५ ओभरमा अलआउट हुँदै १८९ रन बनाएको थियो ।

 

उसका लागि जामेश रेउ ले सर्वाधिक ९५ रनको पारि खेले । ११६ बल खेलेका उनले १२ चौका प्रहार गरे पनि ५ रनले सतक बनाउन चुकेका थिए ।

 

जामेश सेल्सले ३४, जर्ज थोमसले २७ रन बनाउनुबाहेक अन्य ब्याटरले सम्हालिएर खेल्न सकेनन् । रेहान अहमद र एलेक्स होर्टोनले १०-१० रन बनाउनु बाहेक अन्यले ४ रन भन्दा बढी जोड्न सकेनन् ।

 

७ विकेट गुमाएर ९१ रन मात्र बनाएको अवस्थामा इंग्ल्यान्डलाई आठौं विकेटका लागि जेम्स रिउ र जेम्स सेल्सले ९३ रनको साझेदारी गर्दै सम्मानीत स्कोरमा पुर्‍याएका थिए ।

 

भारतका लागि राज बावाले सर्वाधिक ५ विकेट लिँदा रवि कुमारले ४ विकेट हात पारे । थप विकेट कौशल ताम्बेले लिए ।

 

योसँगै यश धुल नेतृत्वको भारतले पाँचौ पटक युवा विश्वकप हात पारेको हो ।

 

यसअघि भारतका लागि विराट कोहली, मोहम्मद कैफ, उन्मुक्त चन्द र पृथ्वी शले भारतलाई युवा विश्वकप दिलाएका थिए ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

वि.सं.२०८३ भदौ २९ सोमवार १६:५२

पोखराः दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...