इन्डियन प्रिमियर लिग (आइपिएल)को टी-ट्वान्टी क्रिकेटको मेगा अक्सनमा नेपालका १५ खेलाडीको नाम दर्ता
वि.सं.२०७८ माघ ८ शनिवार १४:१७
2.8K
shares
काठमाडौं: इन्डियन प्रिमियर लिग (आइपिएल) टी-ट्वान्टी क्रिकेटको मेगा अक्सनमा नेपालका १५ खेलाडीले नाम दर्ता गराएका छन् ।
आइपिएलले कुल १ हजार २ सय १४ खेलाडीले नाम दर्ता गराएको जनाएको छ ।
जसमा ८ सय ९६ भारतीय र ३ सय १८ विदेशी खेलाडी छन् ।
नेपालका कप्तान तथा लेग स्पिनर सन्दीप लामिछानेले मात्र आईपीएल खेलेका छन् ।
नयाँ सिजनको आईपीएलका लागि अक्सनमा कुल १ हजार २ सय १४ खेलाडी सामेल हुनेछन् ।
जसमा ८ सय ९६ भारतका र ३ सय १८ खेलाडी विदेशी रहेका छन् ।
एसोसियट राष्ट्रबाट कुल ४१ खेलाडीले नाम दर्ता गराउदा नेपालबाट १५ खेलाडीले दर्ता गरेको हो ।
नेपालपछि अमेरिकाका १४ खेलाडीले नाम दर्ता गरेका छन् ।
यस्तै भुटानबाट एक खेलाडीले नाम दर्ता गरेका छन् ।
अक्सन फेब्रुअरी १२ र १३ मा बैंगलोरमा हुनेछ ।
आगामी संस्करणमा १० टोलीले प्रतिस्पर्धा गर्ने छन् ।
वि.सं.२०७८ माघ ८ शनिवार १४:१७


















