पछिल्लो २४ घण्टामा थपिए १०,२५४ कोरोना संक्रमित, १६ जनाको मृत्यु
वि.सं.२०७८ माघ ८ शनिवार १६:२०
काठमाडौं: नेपालमा पछिल्लो २४ घण्टामा १० हजार २ सय ५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ ।
मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १४ हजार ४ सय ६२ जनाको पीसीआर परीक्षणमा ८ हजार २ सय १२ र ५ हजार ७ सय २५ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २ हजार ४२ जनामा कोरोना पुष्टि भएको जनाएको छ ।
पछिल्लो २४ घण्टामा १६ कोरोना संक्रमितको मृत्यु भएको छ ।
सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट ७ सय ८ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार निको हुने दर ९० दशमलब ७ रहेको छ ।
वि.सं.२०७८ माघ ८ शनिवार १६:२०