YouTube Link

‘ए’ डिभिजन लिग फुटबलमा ब्रिगेडलाई हराउँदै मनाङ शीर्ष स्थानमा उक्लियो

एएएफसी कप छनोटको सम्भावना कायम

Facebook Link

 

पोखरा: ब्रिगेड ब्वाइज क्लबलाई १-० गोल अन्तरले हराउँदै मनाङ मर्स्याङ्दी क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।

 

पोखरा रंगशालामा आज भएको मनाङलाई जित दिलाउन कप्तान अन्जन विष्टले निर्णायक गोल गरे ।

 

उनले पहिलो हाफको इन्जुरी समयमा गोल गरेका थिए । जितसँगै मनाङले एएएफसी कप छनोटको सम्भावना कायम गरेको छ ।

 

ब्रिगेड भने पेनाल्टीमा गोल गर्न नसक्दा पराजित भएको हो । ब्रिगेडका शिशिर लेखीले खेलको १७औं मिनेटमा पेनाल्टीमा गोल गर्न सकेनन् ।

 

जितसँगै मनाङ अंक तालिकाको शीर्षस्थानमा उक्लेको छ भने मछिन्द्र फुटबल क्लब दोस्रो स्थानमा झरेको छ ।

 

मनाङको १६ अंक पुगेको छ । मछिन्द्रको १४ अंक छ ।

 

एएफसी कप छनोटमा पुग्नका लागि मछिन्द्रले आइतबार हुने खेलमा नेपाल पुलिस क्लबलाई हराउनै पर्ने हुन्छ ।

 

मछिन्द्र पराजित भए वा बराबरीमा रोकिएको खण्डमा मनाङले एएफसी कपमा देशको प्रतिनिधित्व गर्नेछ ।

 

सातौं चरणको समाप्तीमा एएफसी क्लब लाइसेन्स प्राप्त क्लबमध्ये लिगको माथिल्लो स्थानमा रहने टोलीले एएफसी कप छनोट खेल्ने अखिल नेपाल फुटबल संघले यसअघि नै सार्वजनिक गरेको थियो ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
२५ वटा स्कुटी र २५ वटा मोटरसाइकल खोज-तलास गरी सम्बन्धित धनीलाई फिर्ता

२५ वटा स्कुटी र २५ वटा मोटरसाइकल खोज-तलास गरी सम्बन्धित धनीलाई फिर्ता

वि.सं.२०८३ कात्तिक २० शुक्रवार १५:४४

काठमाडौं: सुझबुझपूर्ण र दूरदर्शी कमाण्ड अनि हरेक ट्राफिक काम-कारबाहीलाई सिर्जनशील,...

ऐतिहासिक-पुरातात्त्विक सम्पदा संरक्षण, सम्वर्द्धन र प्रवर्द्धनमा नेपाली सेनाको भूमिका

ऐतिहासिक-पुरातात्त्विक सम्पदा संरक्षण, सम्वर्द्धन र प्रवर्द्धनमा नेपाली सेनाको भूमिका

वि.सं.२०८३ कात्तिक १८ बुधवार १५:०६

भक्तपुरः देशका विभिन्न भागमा छरिएर रहेका ऐतिहासिक तथा पुरातात्त्विक सम्पदाहरूको...

‘इन्जिनियरिङ बीमासम्बन्धी निर्देशन’ को मस्यौदा तयार, ७ दिनभित्र राय सुझाव दिन माग

‘इन्जिनियरिङ बीमासम्बन्धी निर्देशन’ को मस्यौदा तयार, ७ दिनभित्र राय सुझाव दिन माग

वि.सं.२०८३ कात्तिक १८ बुधवार १३:०१

काठमाडौं: नेपाल बीमा प्राधिकरणले ‘इन्जिनियरिङ बीमासम्बन्धी निर्देशन, २०८३’ को मस्यौदा...

लाभांश नलिएका सेयरधनीलाई नबिल बैंकको ताकेता

लाभांश नलिएका सेयरधनीलाई नबिल बैंकको ताकेता

वि.सं.२०८३ कात्तिक १८ बुधवार १२:५६

काठमाडौं: नबिल बैंकले नगद लाभांश प्राप्त नगरेका सेयरधनीलाई आवश्यक प्रक्रिया...

१० वर्षका लागि घर भाडामा लिँदै महालक्ष्मी विकास बैंक

१० वर्षका लागि घर भाडामा लिँदै महालक्ष्मी विकास बैंक

वि.सं.२०८३ कात्तिक १८ बुधवार १२:५२

काठमाडौं: महालक्ष्मी विकास बैंकले देशका विभिन्न चार शाखा कार्यालय स्थानान्तरण...

नेपाल बैंकका ग्राहकले १८ महिनासम्म किस्तामा सामान किन्न पाउने

नेपाल बैंकका ग्राहकले १८ महिनासम्म किस्तामा सामान किन्न पाउने

वि.सं.२०८३ कात्तिक १८ बुधवार १२:४९

काठमाडौं: नेपाल बैंक लिमिटेडका क्रेडिट कार्डबाहकले अब शून्य डाउन पेमेन्टमा...