YouTube Link

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा विभागीय टिम एपीएफको पहिलो जित

Facebook Link

 

काठमाडौं: विभागीय टिम एपीएफ क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा पहिलो जित निकालेको छ ।

 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको खेलमा एपिएफले लिगको पाँचौ खेलमा फ्रेन्ड्सलाई ३–१ ले पराजित गर्दै लिगमा पहिलो जित दर्ता गरेको हो ।

 

खेलको पाँचौ मिनेटमा प्रिजेन तामाङको पासमा जमल एन्थोनी फ्रान्कोइसको वान भर्सेस वानको प्रहारलाई एपिएफका गोलरक्षक युया कुरियामाले उत्कृष्ट बचाउ गर्दा  फ्रेन्ड्स अग्रता लिनबाट चुक्यो ।

 

सुरुवातमा दवाव झेलेपनि ३०औं मिनेटमा विकी तामाङले गोल गर्दै एपिएफलाई १–० को अग्रता दिलाए ।

 

त्यसको दुई मिनेटपछि ३२औं मिनेटमा आशिष लामाले गोल गर्दै एपिएफको अग्रता दोब्बर पारे ।

 

खेलको ५६औं मिनेटमा आशिष लामाले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै एपिएफको अग्रता दोब्बर पारे ।

 

प्रिजेन तामाङले ६८औं मिनेटमा पेनाल्टीमा गोल गर्दै खेललाई ३–१ को अवस्थामा ल्याए ।

 

जितपछि पुछारमा रहेका एपिएफले तीन स्थान सुधार गर्दै ११औं स्थानमा उक्लिएको छ ।

 

समान ४ अंक नै रहेपनि गोल अन्तरमा जावलाखेल युथ क्लब र च्यासल युथ क्लबलाई पछि पारेको छ ।

 

पराजित फ्रेन्ड्स २ अंक जोडेर पुछारमा झरेको छ ।

 

एपिएफले थ्री स्टारलाई बराबरीमा रोक्दै लिगमा पहिलो अंक जोडेको थियो ।

 

एपिएफले बिबिसी, च्यासल र सातदोबाटोसँग हार ब्यहोरेको थियो ।

 

फ्रेन्ड्सले सातदोबाटो युथ क्लब र थ्री स्टारसँग बराबरी खेल्दा संकटा र मनाङसँग हार ब्यहोरेको थियो ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

वि.सं.२०८३ साउन ८ शुक्रवार ११:४४

आन्तरिक शान्ति-सुरक्षासँगै प्रमुख कार्यादेशमध्येको राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी बल,...

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...