साफ यू–१९ महिला फुटबल च्याम्पियनसिपमा नेपालले भुटानसँग प्रतिस्पर्धा गर्दै
नेपालले आफ्नो अन्तिम खेल डिसेम्बर १९ मा भारतविरुद्ध खेल्ने
वि.सं.२०७८ पुस २ शुक्रवार ०७:५८
1.8K
shares
काठमाडौं: साफ यू–१९ महिला फुटबल च्याम्पियनसिप अन्तर्गत नेपालले आज तेस्रो खेल भुटानसँग प्रतिस्पर्धा गर्दैछ ।
यी दुईबीचको खेल नेपाली समय अनुसार साँझ ६:४५ बजे सुरु हुनेछ । भुटानविरुद्ध मैदानमा उत्रदा नेपाल दोस्रो जितको खोजीमा हुनेछ ।
फाइनल प्रवेशको सम्भावना बलियो बनाउन पनि नेपाललाई भुटानविरुद्ध जितको आवश्यक छ ।
पाँच टिम सहभागी प्रतियोगिता राउन्ड रोविनको आधारमा खेलाइदैछ र शीर्ष दुई टोली फाइनलमा प्रवेश गर्नेछन् ।
प्रतियोगिता अन्तर्गत लगातार दुई खेल जितेको भारत ६ अंक सहित तालिकाको शीर्ष स्थानमा छ ।
आयोजक बंगलादेशले र नेपालले समान दुई खेल खेल्दा चार–चार अंक जोडेका छन् । नेपाल तेस्रो र बंगलादेश दोस्रो स्थानमा छ ।
भुटानले तीन खेलबाट ३ अंक जोडेको छ । तेस्रो स्थानको भुटानले फाइनलको सम्भावना कायमै राखेको छ ।
लगातार तीन खेलमा हार व्यहोरेको श्रीलंका भने उपाधि होडबाट बाहिरिसकेको छ ।
नेपालले आफ्नो अन्तिम खेल डिसेम्बर १९ मा भारतविरुद्ध खेल्नेछ ।
वि.सं.२०७८ पुस २ शुक्रवार ०७:५८



















