इटालियन सिरी ‘ए’ फुटबलमा युभेन्ट्सको जित
वि.सं.२०७८ मंसिर १५ बुधवार ०८:२५
2.3K
shares
एजेन्सी: इटालियन सिरी ‘ए’ फुटबलमा युभेन्ट्सले घरेलु टोली सालेरनिटानालाई २–० गोल अन्तरले पराजित गरेको छ ।
मंगलबार राति भएको खेलमा खेलको २१औं मिनेटमा डिबालाले गोल गर्दै युभेन्ट्सलाई १–० को अग्रता दिलाए । उनले डिजान कुलुसेभ्स्कीको पासमा गोल गरेका थिए ।
खेलको ७०औं मिनेटमा फेडरिको बर्नरडेस्चीको पासमा अल्भारो मोराटाले गोल गर्दै युभेन्ट्सको अग्रता दोब्ब पारे ।
अतिरिक्त समयको थप गरिएको पाँचौ मिनेटमा डिबाला पेनाल्टीमा चुकेपनि युभेन्ट्सले जित निकाल्न सफल भयो ।
जितसँगै युभेन्ट्स १५ खेलबाट २४ अंक जोडर सातौ स्थानमा यथावत रहेको छ । समान २४ अंक रहेपनि फियोरेन्टिना छैटौ स्थानमा रहेको छ । पराजित सालेरनिटाना ८ अंक जोडेर पुछारमा रहेको छ ।
वि.सं.२०७८ मंसिर १५ बुधवार ०८:२५



















