YouTube Link

पूनरागमन जित निकाल्दै रियल म्याड्रिड स्पेनिस ला लिगाको शीर्षस्थानमा, एट्लेटिको म्याड्रिड दोस्रो स्थानमा उक्लियो

Facebook Link

 

एजेन्सी: स्पेनिस ला लिगाको शीर्षस्थानमा रहेको रियल म्याड्रिडले रियलले सेभियालाई २–१ गोल अन्तरले पराजित गर्दै पूनरागमन जित निकालेको छ ।

 

आइतबार राति भएको खेलमा सेभियाका लागि खेलको १२औं मिनेटमा राफा मिरको गोल सान्त्वना बन्यो ।

 

रियलका लागि खेलको ३२औं मिनेटमा करिम बेन्जेमाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । काउन्टर अट्याकमा इडर मिलिसाओको झन्डै ३० यार्ड टाढाको प्रहारलाई गोलरक्षक यासिन बोनोउले नियन्त्रणमा लिन नसकेको बललाई रिवाउन्डमा बेन्जेमाले खाली पोस्टमा गोल गरे ।

 

जितसँगै शीर्षस्थानमा रहेको रियलको १४ खेलबाट ३३ अंक पुगेको छ । रियलले दोस्रो स्थानको एट्लेटिको म्याड्रिडलाई ४ अंकले पछि पारेको छ ।

 

पराजित सेभियाले दोस्रो स्थानमा उक्लने मौका गुमाउँदा २८ अंक जोडेर शीर्ष चारमा रहेको छ ।

 

 

यसैबीच एट्लेटिको म्याड्रिडले क्याडिजलाई ४–१ को फराकिलो गोल अन्तरले पराजित गरेको छ ।

 

सबै गोल दोस्रो हाफमा सम्भव हुदा एट्लेटिकोको जितमा थोमस लेमार, एन्टोइन ग्रिजमन, एन्जल कोरेआ र म्याथिअस कुन्हाले गोल गरे । घरेलु टोलीका एन्थोनी लोजानोले एक गोल गरे ।

 

जितसँगै एट्लेटिकोले रियल सोसिडाड र सेभियालाई पछि पार्दै दोस्रो स्थानमा उक्लन सफल भएको छ । एट्लेटिकोको १४ खेलबाट २९ अंक छ ।

 

एट्लेटिको शीर्षस्थानको रियल म्याड्रिडभन्दा ४ अंकले पछि छ । पराजित क्याडिज १२ अंक जोडेर १७औं स्थानमा छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

वि.सं.२०८३ साउन ८ शुक्रवार ११:४४

आन्तरिक शान्ति-सुरक्षासँगै प्रमुख कार्यादेशमध्येको राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी बल,...

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...