आईसीसी महिला टी-20 विश्वकप एसिया छनोटको दोस्रो खेलमा नेपाल र भुटानबीच प्रतिष्पर्धा हुँदै
वि.सं.२०७८ मंसिर ७ मंगलवार ०८:५०
2.1K
shares
काठमाडौं: आईसीसी महिला टी-20 विश्वकप एसिया छनोटको दोस्रो खेलमा नेपाली महिला क्रिकेट टोलीले आज भुटानको सामना गर्दैछ ।
दुबईको आईसीसी क्रिकेट एकेडेमीमा नेपाल र भुटानबीचको खेल नेपाली समय अनुसार दिउसो ३:१५ बजे सुरु हुनेछ ।
भुटानविरुद्ध मैदान उत्रदा नेपाल पहिलो जितको खोजीमा हुनेछ । किनकी नेपालले पहिलो खेलमा हार व्यहोरेको छ ।
सोमबार भएको पहिलो खेलमा नेपाल हङकङसँग पराजित भएको थियो । नेपाललाई हङकङले ६ विकेटले हराएको थियो ।
भुटान भने लगातार दोस्रो जित निकाल्ने योजनामा रहेको छ । पहिलो खेलमा भुटानले कुवेतलाई ४० रनले हराएको थियो ।
छनोटमा ६ टिम सहभागी रहेका छन् । छनोटको विजेता टिमले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छन् ।
छनोट अन्तर्गत नै नेपालले तेस्रो खेल कुवेतविरुद्ध बिहीबार खेल्ने छ ।
नेपालले आफ्नो चौथो खेल मलेसियासँग शुक्रबार तथा पाँचौ खेल आगामी आइतबार युएईविरुद्ध खेल्ने तालिका रहेको छ ।
वि.सं.२०७८ मंसिर ७ मंगलवार ०८:५०




















