स्पेनिस ला लिगामा ग्रानडामाथि सानदार जित निकाल्दै रियल म्याड्रिड शीर्षस्थानमा
वि.सं.२०७८ मंसिर ६ सोमवार ०८:०८
1.8K
shares
एजेन्सी: स्पेनिस ला लिगा अन्तर्गत घरेलु टोली ग्रानडालाई ४–१ को फराकिलो अन्तरले पराजित गर्दै रियल म्याड्रिड शीर्षस्थानमा उक्लिएको छ ।
रियलले सेभिया र रियल सोसिडाडलाई पछि पारेको हो । रियलको फराकिलो जितमा मार्का एसेन्सियो, नाँचो फर्नान्डेस, भिनिसियस जुनियर र फर्लान्ड मेन्डीले समान एक गोल गरे ।
घरेलु टोलीका लागि लुइस सुआरेजले एक गोल फर्काए ।
घरेलु टोली ग्रानडा ६७औं मिनेटमा १० खेलाडीमा समेटिन पुग्यो । भिनिसियसमाथि फउल गरेपछि मोन्चुलाई सिधै रातो कार्ड देखाउँदै मैदान बाहिर पठाएका थिए ।
त्यसमै असन्तुष्टि जनाएपछि रेफ्रीले प्रशिक्षक रोबर्ट मोरेनोलाई पनि रातो कार्ड देखाउँदै टच लाइन बाहिर पठाएपछि खेल केही बेर तनावग्रस्त बनेको थियो ।
जितसँगै शीर्षस्थानमा उक्लिएको रियलको १३ खेलबाट ३० अंक पुगेको छ । दोस्रो र तेस्रो स्थानमा रहेको सेभिया र रियल सोसिडाडको समान २८ अंक छ ।
पराजित ग्रानडा ११ अंक जोडेर १८औं स्थानमा रहेको छ ।
वि.सं.२०७८ मंसिर ६ सोमवार ०८:०८



















