इटालियन सिरी ‘ए’ मा शीर्षस्थानमा रहेको नेपोलीमाथि इन्टर मिलानको जित
वि.सं.२०७८ मंसिर ६ सोमवार ०८:१२
2.1K
shares
एजेन्सी: इटालियन सिरी ‘ए’ मा इन्टर मिलानले शीर्षस्थानमा रहेको नेपोलीमाथि ३–२ को पूनरागमन जित निकालेको छ ।
इन्टर मिलानको जितमा हकान चलहानोग्लु, इभान पेरिसिस र लोउटारो मार्टिनेजले गोल गरे । नेपोलीका पिओटर जिलेन्स्की र ड्रिएस मेर्टिन्सले गोल फर्काए ।
जितपछि इन्टर मिलान १३ खेलबाट २८ अंक जोडेर तेस्रो स्थानमा यथावत रहँदा शीर्ष दुईमा रहेको नेपोली र एसी मिलानसँगको अंक दुरी छोट्याउन सफल भएको छ ।
पराजित नेपोली र मिलानको समान ३२ अंक छ । इन्टरसँगको हारसँगै नेपोलीले स्पष्ट ३ अंकको अग्रता लिने अवसर गुमाएको छ ।
सिरी ‘ए’ कै अर्को खेलमा रोमाले घरेलु टोली जिनोआलाई २–० ले पराजित गरेको छ । रोमाको जितमा फेलिक्स एफिना ज्ञानले दुवै गोल गरे ।
जितपछि रोमा २२ अंक जोडेर पाँचौ स्थानमा उक्लदा पराजित जिनोआ ९ अंक जोडेर १८औं स्थानमा रहेको छ ।
वि.सं.२०७८ मंसिर ६ सोमवार ०८:१२



















