YouTube Link

ए डिभिजन लिग फुटबलको नयाँ खेल तालिका सार्वजनिक, सबै खेल दशरथ रंगशालामा खेलाइने

सातदोबाटो बी डिभिजन लिगको विजताको रुपमा पहिलोपटक ए डिभिजन लिग खेल्दै

Facebook Link

 

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)ले सहिद स्मारक ए डिभिजन लिग फुटबलको नयाँ खेल तालिका सार्वजनिक गरेको छ ।

 

एन्फाले सार्वजनिक गरेको नयाँ खेल तालिका अनुसार मंसिर ३ गतेबाट शुरु हुने लिगको पहिलो र दोस्रो चरणका सम्पूर्ण खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने जनाएको छ ।

 

यस्तै एन्फाले सार्वजनिक गरेको नयाँ तालिका अनुसार पहिलो र दोस्रो चरणका १४ खेल मध्ये ८ खेल फ्लड लाइटमा हुने भएको छ ।

 

जारी तालिका अनुसार मंसिर ३ गते हुने उद्घाटन खेलमा फ्रेण्ड्स क्लब र सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । यो खेल दशरथ रंगशालामा फ्लड लाईटमा साँझ ५:४५ बजेबाट शुरु हुनेछ ।

 

सातदोबाटो बी डिभिजन लिगको विजताको रुपमा पहिलोपटक ए डिभिजन लिग खेल्न लागेको हो ।

 

यसअघि कार्तिक २९ गतेबाट शुरु हुने भनिएको लिग एन्फाले प्राविधिक तयारी नपुगेको भन्दै क्लबहरुको सल्लाह अनुसार मंसिर ३ गतेका लागि सारेको थियो ।

 

एन्फाले जारी गरेको खेल तालिका अनुसार सबै चरणमा सात सात वटा खेल हुनेछन् भने पहिलो चरणको खेल मंसिर ३ गतेदेखी ६ गतेसम्म हुनेछ ।

 

अहिलेलाई एन्फाले शुरुवाती दुई चरणको खेलको तालिकामात्र सार्वजनिक गरेको छ भने बाँकी चरणका खेलहरुको मिति पछि तय हुने बताईएको छ ।

 

पहिलो चरण अन्तर्गत मंसिर ३ गते पहिलो दिन एक खेल हुनेछ भने त्यसपछिका दिनहरुमा दुई दुईवटा खेलहरु हुनेछन् । ए डिभिजन लिगमा १४ टिमले सहभागिता जनाउँदै छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

वि.सं.२०८३ साउन ८ शुक्रवार ११:४४

आन्तरिक शान्ति-सुरक्षासँगै प्रमुख कार्यादेशमध्येको राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी बल,...

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...