YouTube Link

कतारविरुद्धको सिरिज कब्जा गर्ने दाउमा नेपाली महिला क्रिकेट टोली

छनोटमा नेपाल, भुटान, हङकङ, कुवेत, मलेसिया र यूएईसहित ६ राष्ट्र सहभागी

Facebook Link

 

काठमाडौं: नेपाली महिला क्रिकेट टोलीले आज घरेलु टीम कतारसँग दोस्रो टी-२० क्रिकेट खेल्दै छ ।

 

तीन खेलको टी–२० क्रिकेट सिरिज अन्तरगत नेपालले आज दोस्रो खेल खेल्न लागेको हो । खेल कतारस्थित वेष्ट इन्ड पार्क इन्टरनेशनल क्रिकेट मैदानमा अपरान्ह ३:४५ बजे सुरु हुने छ ।

 

नेपालले सिरिज अन्तर्गत पहिलो खेलमा कतारलाई १ सय १९ रनको विशाल अन्तरले पराजित गरेको थियो ।

 

नेपालले आजको खेलमा सहज जित निकाल्दै सिरिज कब्जा गर्ने दाउमा हुनेछ । आफू भन्दा निकै कमजोर देखिएको कतारलाई एक खेल अघि नै पराजित गर्दै सिरिज आफ्नो नाममा गर्न चाहन्छ ।

 

मंगलबार भएको खेलमा इन्दु बर्माले कीर्तिमानी अर्धशतक प्रहार गर्दा नेपालले सिरिजमा १–० को अग्रता बनाएको थियो । इन्दु नेपालका लागि ट्वान्टी–२० महिला क्रिकेटमा अर्धशतक प्रहार गर्ने पहिलो खेलाडी हुन् ।

 

आईसीसी महिला ट्वान्टी–२० विश्वकपको एसियाली छनोटको तयारीस्वरूप नेपालले कतारसँग तीन खेलको ट्वान्टी–२० सिरिज खेलिरहेको हो ।

 

सिरिज अन्तर्गत कतारसँगको अन्तिम खेल मंसिर ३ गते हुनेछ । त्यसपछि नेपाल विश्वकप छनोटका लागि दुबई प्रस्थान गर्नेछ । विश्वकप छनोट नोभेम्बर २२ देखि २८ सम्म दुबईमा आयोजना हुनेछ ।

 

छनोटमा नेपाल, भुटान, हङकङ, कुवेत, मलेसिया र यूएईसहित ६ राष्ट्र सहभागी छन् । विजेता टोलीले आगामी वर्ष हुने ट्वान्टी–२० ग्लोबल छनोटमा स्थान बनाउने छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

वि.सं.२०८३ भदौ २३ मंगलवार १०:१९

काठमाडौं: जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

वि.सं.२०८३ भदौ १८ बिहीवार ११:००

ताप्लेजुङ । चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि पाँचथरको...