YouTube Link

ग्लोबल आइएमई बैंक र त्रिविको सहकार्यमा वृक्षारोपण कार्यक्रम

Facebook Link

काठमाडौं: ग्लोबल आइएमई बैंक लिमिटेड र त्रिभुवन विश्वविद्यालयको सहकार्यमा विश्वविद्यालय क्याम्पस, प्राणीशास्त्र (जुलोजी) विभाग परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ ।

वृक्षारोपण कार्यक्रमको समुद्घाटन त्रिभुवन विश्वविद्यालय जुलोजी विभाग प्रमुख प्राध्यापक तेजबहादुर थापा तथा ग्लोबल आइएमई बैंक, कीर्तिपुर शाखा प्रबन्धक शोभा न्यौपानेले संयुक्त रुपमा गरेका थिए ।

विश्वविद्यालय क्याम्पस, जुलोजी विभाग परिसरको हरियाली दृश्य र स्वच्छ विश्वविद्यालय परिसर निर्माणको अभियान अन्तर्गत विभागीय भवनदेखि मूल सडकसम्म करिब एक सय चाँप, धुपी तथा विभिन्न प्रजातीका विरुवाहरु रोपण गरी विरुवाको सुरक्षाको लागि “ट्रि गार्ड” समेत लगाइएको छ ।

कार्यक्रममा विश्वविद्यालय जुलोजी विभागका प्राध्यापक डा. राजेन्द्रप्रसाद पराजुली र प्रेमबहादुर बुढा, प्राध्यापकहरु डा. विष्णुप्रसाद भट्टराई, पिताम्बर ढकाल र सन्तोषी श्रेष्ठ लगायत विभाग अन्तर्गतका विद्यार्थीहरु एवम् बैंकका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

बैंकले स्थापनाकालदेखि नै संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर यस किसिमका विभिन्न सामाजिक कार्यहरुलाई निरन्तरता दिंदै आएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

वि.सं.२०८३ भदौ २९ सोमवार १६:५२

पोखराः दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...