पारस खड्का राजनीतिमा आउँदै !
‘सन् २००५ मै नेपालले एक दिवसीय मान्यता पाएको भए म पनि अहिलेसम्म टेस्ट खेल्थें
वि.सं.२०७८ साउन २० बुधवार १५:४९
2.3K
shares
काठमाडौं: नेपाली क्रिकेटर पारस खड्का राजनीतिमा आउने बताएका छन् ।
नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान समेत रहेका खड्काले क्रिकेट व्यवस्थापन राम्रो भए आफू राजनीतिमा आउने बताएका हुन ।
बुधबार पत्रकार सम्मेलन गर्दै पूर्व कप्तान खड्काले सही राजनीतिले संस्थालाई अगाडि बढाउन सके आफू त्यसमा सकारात्मक भएको बताए ।
खड्काले एक महिनाभित्र आफूले आफ्नो क्रिकेट एकेडेमी समेत सञ्चालनमा ल्याउन लागेको बताए । उनले आफू क्रिकेटको व्यवस्थापनमा आउन चाहेको बताएका छन् ।
उनले सबैको सहयोग र मिहिनेतले नेपाली क्रिकेट अहिलेको अवस्थासम्म आइपुगेको बताए ।
अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका पूर्व कप्तान खड्काले आफ्नो जीवनकालमा नेपालले टेस्ट मान्यता प्राप्त गरोस् भन्ने चाहना रहेको बताए ।
उनले भने- ‘सन् २००५ मै नेपालले एक दिवसीय मान्यता पाएको भए म पनि अहिलेसम्म टेस्ट खेल्थें होला । तर, त्यसो भएन । मेरो अनफिल्ड जर्नी मात्रै सकिएको हो ।’
प्रहरी मुख्यलय हेडक्वार्टर नक्सालबाटै प्रश्नपत्र बाहिरिएपछि खैलाबैला
कोरोना विरुद्धको दोस्रो मात्राको भेरोसेल खोप शुक्रबारदेखि दिईदै
वि.सं.२०७८ साउन २० बुधवार १५:४९


















