विम्बल्डन टेनिस रोजर फेडेरर अन्तिम १६ मा प्रवेश
विम्बल्डन टेनिस रोजर फेडेरर अन्तिम १६ मा प्रवेश गरेका छन् । बेलायती क्यामरुन नोरिएलाइ पराजित गर्दै फेडेरर अघिल्लो चरणको बाटो तय गरेका हुन् ।
वि.सं.२०७८ असार २० आइतवार १५:१७
2.1K
shares
एजेन्सीः विम्बल्डन टेनिस आठपटकको विजेता रोजर फेडेरर अन्तिम १६ मा प्रवेश गरेका छन् ।
तेस्रो चरणको खेलमा बेलायती क्यामरुन नोरिएलाइ पराजित गर्दै फेडेरर अघिल्लो चरणको बाटो तय गरेका हुन् ।
३९ वर्षका फेडेररले क्यामरुनलाई ६–४, ६–४, ५–७ र ६–४ को सेटमा पराजित गरेका हुन् ।
२० पटक ग्राण्डसलाम उपाधि जितेका स्वीस फेडेररले अन्तिम १६ मा इटालीका लोरेन्जो सोनेगोसँग प्रतिस्पर्धा गर्ने भएका छन् ।
२३ औँ बरियताका सोनेगो अस्ट्रेलियाका जेम्स डकवर्थलाई सोझो सेटमा पराजित गर्दै चौथो चरणमा स्थान बनाएका हुन् ।
यो पनि पढ्नु होस्:
वि.सं.२०७८ असार २० आइतवार १५:१७


















