ब्याट्सम्यान रोरी बर्न्सको शतक इंग्ल्याण्ड २७५ रनमा अलआउट
वि.सं.२०७८ जेठ २३ आइतवार ०८:१६
1.9K
shares
एजेन्सीः इंग्ल्याण्डका ओपनर ब्याट्सम्यान रोरी बर्न्सले शतक प्रहार गरेपनि न्युजिल्याण्डसँगको पहिलो टेस्ट क्रिकेटमा २७५ रनमा अलआउट भएको छ ।
विश्व टेस्ट च्याम्पियनशिपको फाइनल खेल्न लड्स पुगेको किबी टोलीसँग इंग्ल्याण्ड १०३ रनले पछि परेको हो ।
पहिलो पटक न्युजिल्याण्डले ३७८ रन बनाएको थियो ।
इंग्ल्याण्डका ओपनर ब्याट्सम्यान बर्न्सले चौथो दिनको खेल सकिदा शतक प्रहार गरे ।
अन्तिमसम्म क्रिजमा टिकेका बर्न्सले १३२ रनको महतत्वपूर्ण शतकीय इनिङ खेले ।
कप्तान जोय रुट ४२ रनमा आउट भएपछि इंग्ल्याण्ड दबाबमा परेको थियो ।
बर्न्सले १६ चौका १ छक्का प्रहार गर्दै १३२ रन जोडेका थिए ।
इंग्ल्याण्ड २७५ रनमा अलआउट भएको थियो ।
ओली रोबिन्सनले पनि ४२ रन बनाए ।
शनिबार नै आफ्नो दोस्रो इनिङ थालेको न्युजिल्याण्डले खराब प्रदर्शन गरेको छ ।
उसका महत्वपूर्ण डेब्यु ओपनर डेभोन कोन्वे २३ रनमै आउट भएका छन् ।
पहिलो इनिङमा उनले दोहोरो शतक बनाएका थिए ।
२ विकेट गुमाएर ६२ रन बनाएको न्युजिल्याण्डले समग्रमा १६५ रनको अग्रता लिएको छ ।
अन्तिम दिन नतिजा आउने सम्भावना कम रहेकाले पहिलो टेस्ट बराबरीउन्मुख छ ।
यो पनि पढ्नु होस्
वि.सं.२०७८ जेठ २३ आइतवार ०८:१६




















