YouTube Link

सर्जियो अगुएरो स्पेनिस क्लब बार्सिलोनामा अनुबन्ध

Facebook Link

एजेन्सीः अर्जेन्टिनाका स्ट्राइकर सर्जियो अगुएरोलाई फ्रि ट्रान्सफरमा बार्सिलोनाले सन् २०२२-२३ सम्माको लागि अनुबन्ध गरेको छ ।

प्रिमियर लिग क्लब म्यानचेष्टर सिटीसँगको सम्झौता सकिएपछि अगुएरो जुलाई १ देखि बार्सिलोनामा आबद्ध हुने गरी सहमति भएको बार्सिलोनाले जनाएको छ ।

३२ वर्षीय अगुएरो र बार्सिलोनाबीच दुई वर्षको सम्झौता भएको छ ।

अगुएरो २०२२-२३ सिजनसम्म बार्सिलोनामा बस्नेछन् ।

यस्तै बार्सिलोनाले उनको रिलिज क्लज १०० मिलियन युरो राखेको छ ।

अगुएरोको सोमबार नै स्वास्थ्य परीक्षण समेत भएको छ ।

सोमबार उनले क्लबसँग सम्झौतामा हस्ताक्षर गर्नेछन् ।

त्यसपछि क्याम्प नोउमा फोटो सेसन हुनेछ र उनलाई बार्सिलोनाको खेलाडीको रुपमा प्रस्तुत गरिनेछ ।

अगुएरो १० वर्षअघि स्पेनकै एट्लेटिको मड्रिडबाट सिटी पुगेका थिए ।

प्रिमियर लिगमा एक दशक बिताउँदा सिटीको लागि सर्वाधिक गोलकर्ताको कीर्तिमान बनाएका अगुएरो फेरि स्पेनमै पर्किएका हुन् ।

अब उनी र्जेन्टाइन कप्तान लिओनल मेसीसंगै बार्सिलोना जर्सीमा हुनेछन् ।

तर मेसीको सम्झौता यही जुनमा सकिँदैछ र उनको सम्झौता नविकरण बारे अझै निर्णय भएको छैन ।

यो पनि पढ्नु होस्

https://www.akhabarnepal.com

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

वि.सं.२०८३ भदौ १८ बिहीवार ११:००

ताप्लेजुङ । चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि पाँचथरको...

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

वि.सं.२०८३ भदौ १८ बिहीवार १०:३१

काठमाडौं : पुरुष भलिबलको फ्रेन्चाइज लिग नेपाल भलिबल लिग (एनभिएल)...

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...