YouTube Link

बाह्रौ संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उपाधि मुम्बई इन्डियन्सले जित्यो

Khanepani Dhal
Facebook Link

एजेन्सी: बाह्रौ संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उपाधि मुम्बई इन्डियन्सले जितेको छ । आईतबार राति हैदराबादमा भएको फाइनलमा चेन्नई सुपर किङ्सलाई एक रनले पराजित गर्दै मुम्बईले चौथो पटक उपाधि जितेको हो ।

२०औं ओभरको अन्तिम बलमा लासिथ मालिंगाले चेन्नईका शार्दुल ठाकुरलाई एलबीडब्लुको धरापमा पार्दै मुम्बईलाई रोमाञ्चक जित दिलाए । टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ४९ रन बनायो । मुम्बईका काइरन पोलार्डले अविजित ४१ रन बनाए । क्विन्टन डी ककले २९, इसन किसनले २३, हार्दिक पान्ड्याले १६, कप्तान रोहित शर्मा र सूर्यकुमार यादवले समान १५/१५ रन जोडे ।

चेन्नईका दीपक चाहरले तीन तथा शार्दुल ठाकुर र इमरान ताहिरले दुई/दुई विकेट लिए । एक सय ५० रनको लक्ष्य पछ्याएको चेन्नईका सेन वाटसनले ८० रन बनाए पनि टोलीलाई जिताउन सकेनन् । फाप डु प्लेसिसले २६ र ड्वेन ब्राभोले १५ रन बनाए । मुम्बईका जसप्रित बुमराहले दुई तथा कुणाल पाड्या, लासिथ मालिंगा र राहुल चाहरले एक-एक विकेट लिए । आईपीएलको फाइनलमा मुम्बई र चेन्नईबीच भिडन्त भएको यो चौथो पटक हो । सन् २०१० मा भएको फाइनलमा चेन्नईले मुम्बईलाई हराएको थियो । त्यसपछि सन् २०१३ र सन् २०१५ मा भएको फाइनलमा मुम्बईले चेन्नईलाई हराउँदै उपाधि हात पारेको थियो ।

यसपटक प्रतियोगिताको पहिलो हुने टोलीले २५ करोड भारतीय रुपैयाँ (४० करोड नेपाली रुपैयाँ) पुरस्कार हात पार्यो । यसैगरी दोस्रो हुने टोलीले १२ करोड ५० लाख भारतीय रुपैयाँ (२० करोड नेपाली रुपैयाँ) पुरस्कार प्राप्त गर्यो । प्रतियोगितामा तेस्रो हुने टोली दिल्ली क्यापिटल्सले १० करोड ५० लाख भारतीय रुपैयाँ पुरस्कार पायो भने चौथो हुने टोली सनराइजर्स हैदराबादको भागमा आठ करोड ५० लाख भारतीय रुपैयाँ पुरस्कार पर्यो ।

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
नागढुङ्गा-नौबिसे सडकखण्ड दैनिक साढे ४ घण्टा बन्द हुने

नागढुङ्गा-नौबिसे सडकखण्ड दैनिक साढे ४ घण्टा बन्द हुने

वि.सं.२०८२ जेठ ७ बुधवार ०९:२८

काठमाडौं: राजधानी भित्रिने मुख्य नाका नागढुङ्गा-नौबिसे सडकखण्ड दैनिक साढे ४...

संघीय संसद् राष्ट्रिय सभाको बैठक आज बस्दै

संघीय संसद् राष्ट्रिय सभाको बैठक आज बस्दै

वि.सं.२०८२ जेठ ७ बुधवार ०९:११

काठमाडौं: संघीय संसद् राष्ट्रिय सभाको बैठक आज बस्दैछ । बैठक...

एक खेल अगावै नेपाल टी-२० महिला विश्वकपको ग्लोबल छनोटमा

एक खेल अगावै नेपाल टी-२० महिला विश्वकपको ग्लोबल छनोटमा

वि.सं.२०८२ जेठ ५ सोमवार १२:३३

काठमाडौं: नेपालले एक खेल अगावै टी-२० महिला विश्वकपको ग्लोबल छनोटमा...

कोर्मोचाको अन्तिम अन्त्यष्टिका लागि गृह जिल्ला लगियो

कोर्मोचाको अन्तिम अन्त्यष्टिका लागि गृह जिल्ला लगियो

वि.सं.२०८२ जेठ ४ आइतवार १२:३७

नेपाली कांग्रेसका नेता महेश कोर्मोचाको प्रार्थिव शरीरलाई सानेपास्थित पार्टी कार्यालयमा...

रहेनन् नेपालको प्रजातान्त्रिक आन्दोलनका अग्रज व्यक्तित्व कोर्मोचा

रहेनन् नेपालको प्रजातान्त्रिक आन्दोलनका अग्रज व्यक्तित्व कोर्मोचा

वि.सं.२०८२ जेठ ३ शनिवार ११:२८

काठमाडौं: नेपालको प्रजातान्त्रिक आन्दोलनका अग्रज व्यक्ति, कुशल नेतृत्वकर्ता, नेपाली कांग्रेस...

पूर्व मन्त्री मोहन बस्नेतसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

पूर्व मन्त्री मोहन बस्नेतसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

वि.सं.२०८२ जेठ १ बिहीवार १३:०१

काठमाडौं: पूर्वमन्त्री एवं नेपाली कांग्रेस सांसद मोहनबहादुर बस्नेतसहित १६ जनाविरुद्ध...