इंग्लिस प्रिमियर लिगको उपाधि साविक विजेता म्यानचेस्टर सिटीलाई, लिभरपुल बन्यो उपविजेता
वि.सं.२०७६ वैशाख ३० सोमवार ०७:०८
735
sharesएजेन्सी: साविक विजेता म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगको उपाधि जितेको छ । आईतबार राति भएको अन्तिम खेलमा ब्राइटन एन्ड होभ एल्बियनको घरेलु मैदानमा सिटीले ४-१ को फराकिलो जित दर्ता गर्दै उपाधि पक्का गरेको हो ।
ब्राब्राईटनले घरेलु मैदानमा २७ औ मिनेटमा मुरेको गोलबाट अग्रता लिएको थियो । लगत्तै सर्जियो अग्युरोले खेल बराबरीमा ल्याए । लापोर्टीले ३८ औ मिनेटमा सिटीलाई २–१ को अग्रता दिलाए । ६३ औ मिनेटमा रियाद महरेजले सिटीका लागि तेस्रो गोल गरे । ७२ औ मिनेटमा गुन्डोगानले गोल गर्दै सिटीलाई प्रभावशाली जित दिलाए । सिटीको जितपछि उपाधि यात्रामा रहेको लिभरपुलले भने उपविजेतामा चित्त बुझायो ।
सिटीको बराबरी वा हारले उपाधि लिभरपुलले जित्ने सम्भावना थियो । तर अन्तिम खेलमा समेत गोल बर्षा गर्दै सिटीले उपाधि रक्षा गर्न सफल रह्यो । अन्तिम खेलपछि सिटीले ३८ खेलमा ३२ जित २ बराबरी र ४ हार सहित ९८ अंक जोड्यो । दोस्रो स्थानको लिभरपुलले ३८ खेलमा ३० जित, ७ बराबरी र १ हार मात्र बेहोर्यो । लिभरपुलले आफ्नो खेलमा वल्भ्सलाई २-० ले पराजित गरेपनि उपविजेतामा सिमित भयो । लिभरपुलका लागि दुवै गोल साडियो मानेले गरे । उनले पहिलो हाफको १७ औं र दोस्रो हाफको ८१ औं मिनेटमा गोल गरे ।
वि.सं.२०७६ वैशाख ३० सोमवार ०७:०८