YouTube Link

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल फराकिलो गोल अन्तरले पराजित

Facebook Link

काठमाडौंः इराकविरुद्ध अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल फराकिलो गोल अन्तरले पराजित बनेको छ ।

गोलरक्षक र डिफेन्सबीचको तालमेलको अभाव देखिएको खेलमा नेपाल ६–२ ले पराजित बनेको हो ।

नेपालले व्यहोरेको अधिकांश गोलमा डिफेन्स र गोलरक्षक किरण चेम्जोङ बीचको समन्वय अभाव देखिन्थ्यो ।

३८औं मिनेटसम्म अग्रता बनाएको नेपाली टिम त्यस पछि घरेलु टोली सामु निरिह देखिएको थियो ।

८ मिनेटको अन्र्तरमा तीन गोल व्याहोरेको नेपाली टिमको लय खस्कदै गएको थियो ।

सुरुवाती अग्रता इराकले कप्तान अला अब्दुल जहर खासिनको फ्रिकिकमा गोल लिएको थियो ।

२५ यार्ड टाढाबाट गरेको प्रहार गोलरक्षक किरणको टाउको माथिबाट गोल भएको थियो ।

त्यसको एक मिनेट नबित्दै अहमद इब्राहिम खलाफको आत्मघाती गोलमा नेपाल बराबरी गर्न सफल रहयो ।

अन्जन विष्टको प्रहार क्लियर गर्ने धुनमा खलाफको प्रहार आफ्नो पोस्टमा छिरेको थियो ।

खेलको ३० औ मिनेटमा मनिष डाँगीले नेपाललाई अग्रता दिलाएका थिए ।

सन्तोष तामाङको चलाखी पूर्ण पासलाई अफसाइड ट्रयाप बिट गर्दै मनिषले डेब्यु गोल गरेका हुन् ।

३९औ मिनेटमा इराकले खेल बराबरीमा ल्यायो ।

दुर्गाम स्माइलको कर्नर प्रहारलाई मोहम्मद अव्दुल्जाराले पेनाल्टी एरियाबाट हेडर गोल गरेका थिए ।

त्यसको एक मिनेट नबित्दै नेपाली डिफेन्डर रोहित चन्दको गल्तीको फाइदा उठाउँदै आयमेन हुसेनले अग्रता दिलाए ।

रोहितले दिएको ब्याकपासमा किरण निकै पछाडी हुँदा हुसेनले सहज अवसर पाएका थिए।

इन्ज्युरी समयमा हुसेनले व्यक्तिगत दोस्रो गोल गर्दै इराकको अग्रता दोब्बर पारे ।

पहिलो हाफमा ४–२ ले पछि परेको नेपाल दोश्रो हाफमा नेपाली टिम अझ निरीह देखिन्थ्यो ।

अधिकाँश समय बल नेपालको डिवक्स आसपासको क्षेत्रमा रहयो ।

यद्यपी इराकको प्रहारलाई कप्तान समेत रहेका गोलरक्षक किरणले निस्तेज पारिरहे ।

६८ औं मिनेटमा सुमन अर्यालको ब्याक पासको फाइदा उठाउँदै मोहम्मद अलि अलसम्मारीले वान भर्सेस वान गोल गरे ।

खेलको ७४ औं मिनेटमा सज्जाद जसिमले गोल गर्दै इराकलाई ६–२ को अग्रता दिलाए ।

उनले पेनाल्टी क्षेत्र भित्रबाट गरेको शक्तिशाली प्रहार गोलमा परिणत भएको थियो ।

इराकसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलेपछि जुन पहिलो साताबाट सुरु हुने विश्वकप छनोट बाँकी खेलका लागि नेपाल कुवेत प्रस्थान गर्नेछ ।

नेपाल अहिले अंक तालिकामा ३ अंक जोड्दै चौथो स्थानमा छ ।

नेपालको ५ खेलमा १ जित र ४ हारको नतिजा रहेको छ ।

विश्वकपमा छनोट हुने नेपालको सम्भावना भने गणितीय रुपमा मात्र बाँकी छ ।

यो पनि पढ्नु होस्

https://www.akhabarnepal.com/%e0%a4%af%e0%a5%81%e0%a4%b0%e0%a5%8b%e0%a4%aa%e0%a4%bf%e0%a4%af%e0%a4%a8-%e0%a4%9a%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%ae%e0%a5%8d%e0%a4%aa%e0%a4%bf%e0%a4%af%e0%a4%a8-%e0%a4%b2%e0%a4%bf%e0%a4%97/

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

वि.सं.२०८३ साउन ४ सोमवार १५:२८

काठमाडौं: फिफा विश्वकप फुटबल २०२६ को अवसर पारेर बक्स अफिस...

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

वि.सं.२०८३ साउन ४ सोमवार १३:००

काठमाडौं: साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले १६...

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:२४

काठमाडौं: जारी फिफा विश्वकप २०२६ को सेमिफाइनलमा इङ्ल्यान्डलाई रोमाञ्चक तथा...

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:०५

काठमाडौं: साबिक विजेता अर्जेन्टिना जारी फिफा विश्वकप २०२६ को फाइनलमा...

अर्जेन्टिना भर्सेज इङ्गल्यान्ड कसले मार्ला बाजी ?

अर्जेन्टिना भर्सेज इङ्गल्यान्ड कसले मार्ला बाजी ?

वि.सं.२०८३ असार ३१ बुधवार १४:२३

काठमाडौं: जारी फिफा विश्वकप-२०२६ अन्तर्गत आज राति अर्जेन्टिना र इङ्गल्यान्डबीच...