YouTube Link

ईङ्ग्लिस प्रिमियर लिग फुटबलको अन्तिम चरणका खेलहरु आज हुँदै, म्यान्चेस्टर सिटी र लिभरपुल उपाधि रक्षाको रणनीतिमा

Facebook Link

काठमाडौं: विश्वकै चर्चित फुटबल लिग प्रतियोगिता ईङ्ग्लिस प्रिमियर लिगको जारी सिजनको अन्तिम चरणका खेलहरु आज हुँदैछ । आज हुने खेलबाट साविकको विजेता म्यान्चेस्टर सिटीले र लिभरपुलले उपाधि रक्षा निम्ति मैदानमा उत्रिने छन् ।

यस सिजनको बँकी सबै १० खेल आज राति खेलिनेछ । यस बिचमा दुई खेल भने उपाधि छिनोफानोको लागि हुनेछ । उपाधिको टुङ्गो अन्तिम चरणको खेलबाट हुन लागेको हो । उपाधि जित्ने दाउमा रहेका दुई शिर्ष क्लब म्यान्चेस्टर सिटी र लिभरपुल दुबैलाई आजको खेलमा स्पष्ट जितको आवश्यकता छ ।

साविक विजेता समेत रहेको सिटी उपाधि आफ्नै घरमा राख्न चाहन्छ भने लिभरपुल करिव दुई दशकपछि लिगको उपाधि आफ्नो पोल्टामा राख्ने दाउमा छ । लिभरपुलले पछिल्लो पटक सन् १९९० मा प्रिमियर लिगको उपाधि जितेको थियो । यस सिजन लिभरपुलको लागि निकै सुखद समेत रह्यो ।

बार्सिलोनालाई हराउँदै लिभरपुल यस सिजनको च्याम्पियन्स लिगको फाईनलमा समेत पुगिसकेको छ । जारी प्रिसमयर लिगको अन्त्मि चरण अघिको अंक तालिकामा सिटीको ९५ अंक छ भने दोश्रो स्थानमा रहेको लिभरपुलको ९४ अंक छ । उपाधि कब्जाका लागि लिभरपुलले आज आफ्नो होम ग्राउन्डमा वुल्भ्स्सँग खेल्नेछ भने सिटी उपाधि बचाउन ब्राईनसँग उसैको होम ग्राउन्डमा खेल्नेछ ।

जारी लिगमा सिटीले ३७ मध्ये ३१ खेलमा जित निकाल्ने क्रममा ९१ गोल गरिसकेको छ भने लिभरपुलले २९ खेलमा जित्दै ८७ गोल गरेको छ । तुलनात्मक रुपमा उपाधि भिडन्तमा रहेको दुई उत्कृष्ट लयमा रहेका क्लबहरु सिटी र लिभरपुलको आ-आफ्नो खेल निकै रोमाञ्चक रहने निश्चित रहेको छ ।

दुबै टोलीले आज आफ्नो पूर्ण टोलीलाई उतार्ने निश्चित छ । आज हुने अन्तिम चरणका सबै १० खेलहरु राति पौने ८ बजेबाट शुरु हुनेछ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

वि.सं.२०८३ भदौ १० बुधवार १६:५७

काठमाडौं: रसुवा बाढीमा परि २९१ विदेशी नागरिकसहित ३८४ जना यात्रु...

बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिने

बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिने

वि.सं.२०८३ भदौ १० बुधवार १६:३१

काठमाडौं: सरकारले बाढीबाट प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद्...

भन्सार प्रमुखसहित २६ जना सम्पर्कमा, १४ कर्मचारीको खोजी जारी

भन्सार प्रमुखसहित २६ जना सम्पर्कमा, १४ कर्मचारीको खोजी जारी

वि.सं.२०८३ भदौ १० बुधवार १६:१४

काठमाडौं: रसुवामा आएको भीषण बाढीपछि रसुवागढी भन्सार कार्यालयका प्रमुख भन्सार...

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

वि.सं.२०८३ भदौ ९ मंगलवार १४:४८

काठमाडौं: अटोमोबाइल प्रदर्शनीको १८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि...

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

वि.सं.२०८३ भदौ ७ आइतवार १२:०३

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्यालले विपद्को समयमा आदेशको प्रतिक्षा गरेर...

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

वि.सं.२०८३ भदौ ३ बुधवार १७:४७

काठमाडौं: प्रधामन्त्री बालेन्द्र शाहसँग मन्त्रीहरूले कार्यसम्पादन सम्झौता गरेका छन् ।...